' बजारबाट नभागौं ', अहिले हामीलाई 'च्यालेन्ज' दिएको बजारले पछि हामीलाई नै 'चेन्ज' गर्ने छ    

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 13, 2017 | 03:58:56 AM मा प्रकाशित

laxmi  sunrise bank

शेयर बजारको सुन्दर पक्ष भन्नु नै बजार  बढेर टुप्पोमा पुग्नु अनि घटेर पिधमा झर्नु हो। बजार बढि सके पछि घट्छ र  घटि सके पछि पुन बढ्छ। अहिले बजार घटिरहेको छ। बजारले के गल्ति गर्यो ? बजार बढेको थियो अनि घट्यो। यो घटेको बजार पुन बढ्छ। बजार घटबढ हुनु  बजारको धर्म नै हो।

अहिले घटिहेको बजार देखेर आम लगानीकर्ताहरुमा मनोबैज्ञानिक त्रास उत्पन्न भएको छ।  बजार निरन्तर घटिरहेको छ। 'पोर्टफोलियो पुरै नकारात्मक भएको छ । अब नराम्रो संग डुबिने भईयो। अब चौपट हुने भईयो। बरबाद हुने भईयो ।' यो केवल तपाईसंग भएको मनोबैज्ञानिक त्रास बाहेक अरु केहि होइन। बिगतमा पनि बजार ११७५ अंकको उच्च बिन्दुमा पुगेर ३०० बिन्दु भन्दा तलको न्यून बिन्दुमा  पुगेको थियो । धेर्यता गुमाउनु भएन। पछि २९२ अंकको बजार बढेर १८८१ अंकको उच्च बिन्दुमा पुग्यो। जसले बिगतको त्यो अनुभव संगाल्नु भएको छ , जो लामो समय देखि बजारमा रहनु भएको छ , उहाहरुले यसलाई बजार बढे पछि घट्छ अनि घटे  पछि बढ्छ , यो बजारको बिशेषता नै हो भनि स्वाभाविक रुपमा सहज रुपमा  लिनु भएको छ।

'पोर्टफोलियो पुरै नकारात्मक भएको छ । अब नराम्रो संग डुबिने भईयो। अब चौपट हुने भईयो। बरबाद हुने भईयो ।' यो केवल तपाईसंग भएको मनोबैज्ञानिक त्रास बाहेक अरु केहि होइन । 

जो बजारमा अलि नया हुनुहुन्छ ,जो उच्च बिन्दुमा बजारमा प्रवेश गर्नु भएको थियो  , जसले उच्च ब्याजदरमा ऋण लिएर कारोबार गर्नु भएको छ , जसको आम्दानीको बैकल्पिक श्रोत छैन , उहाँहरुलाई यो निरन्तर गिरावटमा अलि केहि पिडा भएको छ। हुनु स्वाभाविक पनि हो। जसले ऋणमा कारोबार गर्नु भएको छैन , आम्दानीको बैकल्पिक स्रोत पनि छ त्यस्तो  ब्याक्तिहरु अहिले किन डराउने त ? शेयर नबेचे सम्म वास्तविक नोक्सान हुँदैन, देखिने भनेको भर्चुअल नोक्सानी मात्र हो। 

यहि घटबढको आधारमा लगानीकर्ताले कमाउनु लगानीकर्ताले कर्म हो । बजारमा हुने घटबढ देखि डराएर त्यो पनि घाटामा शेयर बेचेर बजारबाट भाग्नु भनेको लगानीकर्ताको कायरता बाहेक अरु केहि होइन। घट्दो बजारमा टिक्न सक्नु र बढ्दो बजारमा नाफा कमाउनु लगानीकर्ताको धर्म हो । धैर्यता कायम गरौं। नडराऔ । जति सम्म झर्न सक्छ झर्न दिऔ। एक दिन न एक दिन त बजार अबश्य फर्किने नै  छ। 

घट्दो बजारमा टिक्न सक्नु र बढ्दो बजारमा नाफा कमाउनु लगानीकर्ताको धर्म हो । धैर्यता कायम गरौं। नडराऔ ।

अर्को बुलको लागि सके जति शेयर थप्दै जाऔ। हकप्रद र बोनस जम्मा पार्दै गरौं। अत्याबश्यक काममा बाहेक शेयर नबेचौ। अहिले हामीलाई अफ्ठ्यारोमा पार्ने बजारले पछि हामीलाई नै मालामाल गराउने छ । त्यसैले बजारबाट नभागौ, अहिले हामीलाई 'च्यालेन्ज' गर्ने बजारले पछि हामीलाई नै 'चेन्ज' गर्ने छ। 
          
                
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved