शेयर बजार डोजरले खनेको हेर्नेहरुको लागि हुदै होइन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 23, 2017 | 04:33:39 AM मा प्रकाशित

laxmi  sunrise bank

आज भोलि सामाजिक संजालमा डोजर, डोजरले खनेको हेर्नेहरु भन्ने शब्द निकै भाईरल बनि रहेको छ । यो के रहेछ भने डोजरले खन्छ तर त्यहाँ त्यो खनेको  हेर्ने रमितेहरुको भिड नै लाग्छ । यो भिड भनेको बेरोजगारिको कारणले जम्मा हुने गर्छ भन्ने अर्थ लगाईदो रहेछ । यसरी बेरोजगारहरुको झुण्ड, रमितेहरुको झुण्डलाई डोजरले खनेको हेर्ने भनिदो रहेछ ।  त्यहाँ डोजर अपरेटहरुले काम गर्छन पैसा कमाउछन् तर रमितेहरु रमिता हेर्दै रमाउदै फर्किन्छन्। शेयर बजार पनि त्यस्तै हो यहाँ फाइदा लिनेहरु फाइदा लिई रहेका हुन्छन्, नाफा लिनेहरुले लिइरहेका हुन्छन् तर रमिता हेर्नेहरु रमिता हेरिरहेका हुन्छन् । 

   शेयरबजार विश्लेषक , रामु खनाल  

नेपाल एक कृषि प्रधान देश हो ।  कुन महिनामा कुन बालि लगाउनु पर्छ र कति महिना पछि उब्जनी प्राप्त हुन्छ यहाँका अधिकाश नेपालीहरुलाइ यो कृषि चक्रको बारेमा राम्रो ज्ञान छ । बैसाख, जेष्ठमा लगाएको मकैबालि  भदौ असोजमा पाक्छ ।  असार , श्रावणमा लगाएको धानबाली कार्तिक मसिरमा पाक्छ। यो चक्र स्थिर प्रकृतिकको छ , नियमित प्रकृतिको र कृषकहरु हतार गर्दैनन्।  धैर्यता कायम राख्छन् ।  तर शेयरको चक्र यस्तो नियमति प्रकृतिको हुदैन भन्ने थाहा हुदा हुदै  पनि लगानीकर्ताहरु  लगानीको प्रतिफल आजको भोलि नै खोज्छन् । हरेक क्षेत्रमा प्रतिफल लिनको लागि  केहि समय त अबश्य पनि कुर्नु पर्छ ।  अझ राम्रो उत्पादन लिनको लागि त राम्रो बिउको छनौट देखि लिएर त्यसको हेरचाह सम्ममा विशेष   ध्यान दिनु पर्छ । वैशाख, जेष्ठको चर्को घाममा रोपेको मकै असार श्रावणको दिन रातको बर्षात पार गर्दै बल्ल भाद्र, आश्विनमा परिपक्क हुन्छ। मकै पाक्ने बेलामा मकै खान परिवारका  सदस्य मात्र होइन बादरहरुको पनि लडाई शुरु हुन्छ।  छिमेकी निकै अल्छि रहेछ भने छिमेकीको मकै देखेर अब म पनि मकै लगाउछु  भन्दै सोच्न थाल्छ तर त्यति बेला निकै ढिलो भैसकेको हुन्छ । उस संग छिमेकीले हरियो मिठो मकै खाएको हेर्नु बाहेक अर्को बिकल्प हुदैन ।  छिमेकीले मकै खाएको देखेर भदै असोजमा मकै रोपेर कहि हुन्छ त ? हुने त बिउको नाश मात्र हो। मकै रोप्ने समयमा मकै रोप्नु पर्यो नि त ।  अहिले छिमेकीले मकै खायो भनेर डाहा गरेर त हुदैन। उत्पादन लिनको लागि त  रोप्ने बेलामा रोप्नु पनि पर्यो।  बिउ नाश हुन्छ कि भनेर डराएर त भएन। 
  
 शेयरबजार  पनि त्यस्तै हो लगानी गरेको लगानी नै डुब्छ कि भन्दै किन्न डराउनु भएन । आज किनेको शेयरको मुल्य भोलि नै घट्न सक्छ , पर्सि झन घट्न सक्छ।  यसरी घटेको तपाइको शेयरको मुल्य हो , तपाइको शेयर त होइन नि। शेयरको मुल्य घटेको छ भन्दैमा कम्पनीले दिने लाभाश दिन त छोडदैनन् ।  कम्पनीहरुले आफ्नो औकात अनुसार लाभाश  दिएकै हुन्छन्।   हाम्रो शेयर बजार ११७५ बिन्दुको उच्च बिन्दु बाट २९२ को न्यून बिन्दुमा झरेर  ११८१ बिन्दुको उच्च बिन्दुमा पुगेर १२१८ बिन्दुको न्यून बिन्दुमा पुगेर पुन  फर्केको छ ।

 यसले के देखाउ छ भने शेयर बजार सधै स्थिर बस्दैन , बढे पछि घट्छ घटे पछि बढ्छ।  ११७५ को उच्च बिन्दुमा  किनेर २९२ सम्मको बजारलाइ कुरेर १८०० माथिको बिन्दुमा पुगेको बेला शेयर बेचि शेयर बजार बाट नाफा कमाएका थुप्रै लगानीकर्ताहरु बजारमा  हुनहुन्छ । उहाहरुको अनुभवले हामिलाइ के शिक्षा दिन्छ भने शेयर किन्दा जहिले पनि राम्रो कम्पनीको छनौट गर्नु पर्छ ।  तर अहिले  बजार घट्यो भनेर आतिनु हुदैन।  धैर्यता कायम राख्नु पर्छ । एक दिन एक दिन त अवश्य बजार फर्किन्छ ।  खोला त १२ बर्षमा फर्किन्छ भन्छन्, यो त शेयर बजार हो त्यति समय पक्कै नलाग्ला ।  बजार फर्किने बेला सम्म अहिले एकल रहेको शेयर त राइट, बोनस शेयरको परिवार सहितको हुनेछ ।  तपाई संग शेयर संख्या धेरै हुनेछ ।

 अब एक छिन विचार गरौ त पाल्न ल्याएको गाइ केहि समयमा नै ब्याएन भन्दै हतार हतार गरेर किनेको मुल्य भन्दा कम मुल्यमा बेचेर  घाटा भयो भन्दै  टाउको समाएर बस्ने कि अलि केहि समय पर्खेर पालेर ब्याउछ र  बेच्ने ।  शेयर पनि त्यस्तै हो अहिले किनेको शेयर बढेन  घट्यो भनेर आतिएर बेच्ने कि केहि समय कुरेर  राइट , बोनस सहित बेच्ने । 

त्यसैले त शेयर बजार आज घट्यो अब भोलि पनि घट्छ , पर्सि पनि घट्छ भनि  किन्न डराउनेहरूको लागि  हुदै होइन। बजार आज बढ्यो , भोलि पनि बढ्छ , पर्सि पनि बढ्छ भनि अलि लोभ गर्नेहरुको लागि पनि हुदैन होइन। बजार तलमाथि हुदा रमिता मात्र  हेर्ने रमितेहरुको लागि पनि हुदैन होइन शेयर बजार। त्यसैले त भन्ने गरिन्छ , शेयर बजार डोजरले खनेको हेर्नेहरुको लागि हुदै होइन  !!!                   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved