टाटा मोटर्स कार मेला सम्पन्न, एक सय जनाले गरे गाडी बुकिङ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 06, 2017 | 11:06:27 PM मा प्रकाशित

laxmi  sunrise bank

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले आयोजना गरेको टाटा मोटर्स कार मेला सिजन ५ सम्पन्न भएको छ। यस मेलामा १ सय जनाले टाटाका गाडी किन्नका लागि बुकिङ गरेको जनाइएको छ। 

नक्साल ब्यान्केटमा आयोजना गरिएको ३ दिने मेलामा २५ सय भन्दा बढीले अवलोकन गरेका छन भने ६८० भन्दा बढीले टाटाका विभिन्न मोडलका कारहरु टेस्ट ड्राइभ गरे। साथै ३ सय भन्दा बढी सहभागी दर्शकहरुले एक्स्चेन्जको लागि आफ्नो पुरानो गाडीको मूल्याङ्कन गराए।

त्यस्तै मेलाका अवलोकनकर्ताले टाटाका विभिन्न कारहरुबारे जानकारी लिँदै टेस्ट ड्राइभ लगायत मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भएका थिए। कार मेला सिजन ५ को मुख्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको बृहत प्रदर्शनी, एक्स्चेन्ज सुविधा, अन द स्पट फाइनान्स र बीमा सुविधा, टेस्ट ड्राइभ लगायत विभिन्न साँगितिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु थिए।  

मेलामा कलाकारहरुले साल्सा डान्स, बेली डान्स लगायत साँगीतिक कार्यक्रमका साथै अन्य मनोरञ्जनात्मक प्रस्तुतीहरु दिएका दिए। शनिबार अपरान्ह हास्य कलाकार जितु नेपालले आफ्नो प्रस्तुतीद्वारा दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरे।

साथै मेलाका अन्य आकर्षणहरुमा टाटा प्यासेन्जर गाडीहरुको प्रदर्शनी, एक्स्चेन्ज सुविधा, अन द स्पट फाइनान्स सुविधा, पेन्ट बल, फुड स्टल, बी–बोईङ्ग, नेल आर्ट, फेस पेन्टिङ्ग, हुभरबोर्ड डान्स र पुरस्कार वितरण लगायतका कार्यक्रमहरु थिए।

उक्त मेला अवधिभर ग्राहकहरुलाई गाडी खरिद गर्दा ४ लाखसम्म नगद छुट, आकर्षक उपहारहरु, एक्स्चेन्जमा एउटा फ्री वास कुपन, हरेक टेस्ट ड्राइभमा २ वटा मुभी टिकट, निःशुल्क पूर्ण तथा थर्ड पार्टी बीमा सुविधा र बुकिङ्गमा एक लक्की जोडीलाई थाइल्याण्ड ट्रिपको अफर प्रदान गरिएको कम्पनीले जनाएको छ। 

यो पनि:

टाटा मोटर्स कार मेला सिजन–५ काठमाडौंमा सुरु,गाडी खरिदमा ४ लाखसम्म छुट

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved