भार्गव बैंक र पोखरा फाइनान्सको किन घट्यो प्रगति ? गरिमा भने प्रगतिको बाटोमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 30, 2016 | 07:42:38 AM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंकले गत आर्थिक बर्षको चौथो त्रैमासिकमा खुद मुनाफामा सुधार गरेको छ भने भार्गव विकास बैंक र पोखरा फाइनान्सको खुद मुनाफा घटेको छ।

garima wikas bankगरिमा विकास बैंकले गत आर्थिक बर्षको चौथो त्रैमासिकमा २२ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। जुन अघिल्लो आर्थिक बर्षको यस अवधिसंगको तुलनामा ६ करोड ६ लाख रुपैयाँले बढी हो।

बैंकले खुद ब्याज आम्दानी र संचालन मुनाफा बढाउदा खुद मुनाफा समेत बढेको छ। यस अवधिमा बैंकले ४५ करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको भने ३५ करोड १५ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ।

बैंकले यस अवधिमा ९ अर्ब २२ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ७३ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ। ८५ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोष रकम ३४ करोड ९६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै बैंकले खराब कर्जा अनुपात ०।३० प्रतिशत रहेको छ भने मूल्य आम्दानी अनुपात १३.५८ गुणा, प्रति शेयर नेटवर्थ १४०.९९ र पूँजी कोष १३.८० प्रतिशत रहेको छ ।

bhargabभार्गव विकास बैंकको गत आर्थिक बर्षको चौथो त्रैमासिकमा खुद मुनाफामा १६।६६ प्रतिशतले घटेको छ। अघिल्लो बर्षको यस अवधिमा ३ करोड ९ लाख रुपैयाँ खुद मुनाफा गरेको बैंकले यस अवधिमा २ करोड ५८ लाख रुपैयाँ मात्र कमाउन सफल भएको छ।

बैंकले यस अवधिमा ६ करोड ११ लाख रुपैयाँ खुद आम्दानि गरेको छ भने ४ करोड ५ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ। बैंकले यस अवधिमा १ अर्ब ५४ करोड निक्षेप संकलन गरी १ अर्ब १४ करोड रुपैयाँ कर्जा र लगानी गरेको छ।

हाल १२ करोड चुक्ता पुंजी रहेको बैंकको जगेडा कोष रकम ४ करोड २७ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१. ५५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २५.७६ गुणा, प्रतिशेयर नेटवर्थ १३५.५९ रुपैयाँ र तरलता अनुपात ३३.४४ प्रतिशत रहेको छ ।

pokhara financeपोखरा फाइनान्सको खुद मुनाफा घटेको छ। अघिल्लो आर्थिक बर्षको चौथो त्रैमासिकमा १५ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा गरेको फाइनान्सले या अवधिमा ८ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा गरेको छ।

फाइनान्सले यस अवधिमा १४ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने १२ करोड रुपैयाँ संचालन मुनाफा गरेको छ। हाल ४९ करोड ११ लाख रुपैयाँ चुक्ता पुंजी रहेको फाइनान्सको जगेडा कोष रकम १९ करोड रुपैयाँ रहेको छ।

यस अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी १७.८२ प्रतिशत, मुल्य आम्दानीको अनुपात २९.५१ गुणा, प्रतिशेयर आम्दानी १४०.०९ रुपैयाँ र तरलता अनुपात २९.५१ प्रतिशत रहेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved