सत्तापक्षले नसुनेपछि विपक्षीसँग व्यवसायीको हारगुहार, चीनसँग वार्ता गरिदिन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2020 | 08:38:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तापक्षले व्यवसायीको मर्का नसुनेपछि नेपाल राष्ट्रिय व्यवसायी महासंघले प्रमुख प्रतिपक्षलाई भेटेर समस्या समाधान गरिदिन आग्रह गरेको छ। चीनले पछिल्लो १० महिनादेखि एकतर्फी नाका बन्द गरिदिँदा नेपाली व्यवसायीको उठिबास भएको भन्दै महासंघले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर समाधानको पहल गरिदिन आग्रह गरेको हो। 

केरुङ नाकामा १० महिनादेखि रोकिएर रहेका माल सामानका कन्टेनरहरु छुटाउन तुरुन्त कुटनीतिक पहल गर्दै नाकामा आवत जावतका लागि व्यवसायी र चालकलाई सहज पासको व्यवस्था हुनुपर्ने महासंघले सभापति देउवा समक्ष माग राखेका छन्। त्यस्तै नाकामा रहेको सिन्डिकेट अन्त्य हुनुपर्ने माग समेत राखेको छ। 

सभापति देउवाले व्यवसायीको माग प्रति आफु गम्भीर रहेको भन्दै कुटनीतिक पहल गर्नलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई भन्ने जवाफ दिएका छन्। 

बीचमा केहि समय खुलेपनि पछिल्लो १० महिनादेखि नेपाल सामान भित्रिने दुवै नाका केरुङ रसुवा र खासा तातोपानी बन्द छ। नेपाली व्यवसायीले गत पुस–माघमै खरिद गरेका तयारी पोसाक लगायतका सामान अझै चीनका विभिन्न सहरका गोदाममा थन्किएका छन्। 

यो पनि:  चीनको एकतर्फी 'नाकाबन्दी' ले नेपाली व्यवसायीको उठिबास, जोखिममा बैंकको १० अर्ब

कोरोना भाइरसको त्रास, पहिरोले सडकको बिग्रेको अवस्था र तिब्बतको कुतीस्थित ताल फुट्ने हल्लाले चिनियाँ पक्षले कन्टेनरको आउजाउमा एकतर्फी रुपमा नाका बन्द गरेको छ। जसले गर्दा चीन र नेपालतर्फ गरि करिब १० अर्ब रुपैयाँ बराबरका २००० कन्टेनर अड्किएका छन्। माल सामान काठमाडौंमा समयमै ल्याउन नपाउँदा व्यवसायीहरुको उठिबास लागेको महासंघका अध्यक्ष नरेश कटुवालले बताए। 

अहिले कुटनीतिक रुपमै समाधान खोज्नुपर्ने भएकाले आफुहरुले नेकपाका प्रवक्ता नारायणकाजि श्रेष्ठलाई गत शुक्रबार भेटेर अवस्थाबारे अवगत गराएको जानकारी दिँदै अध्यक्ष कटुवालले समस्या समाधान नभए असोज १ गतेदेखि नै आन्दोलन गर्ने चेतावनी दिएका छन्। 

त्यस्तै महासंघले कोरोनाबाट सुरक्षित रहन आवश्यक सुरक्षा सतर्कता अपनाई उद्योग व्यवसाय निर्वाध संचालन गर्न, बैंक तथा सहकारीबाट लिएको ऋणको ब्याजमा बिशेष छुट दिन, भ्याट तिर्ने अवधि थप गरिदिन, पुनर्कर्जा उद्योगीलाई मात्र नभई व्यवसायीलाई पनि उपलब्ध गराउन, उद्योगी व्यवसायीको समस्या समधानका लागि निजि क्षेत्र र सरकार स्तरको समन्वय समिति बनाउन समेत माग गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved