मुक्तिनाथ क्यापिटलको सञ्चालकमा लिला नाथ ढकाल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2024 | 01:17:10 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ क्यापिटलको संचालकमा लिला नाथ ढकाल नियुक्त भएका छन् ।  २०८१ बैशाख २० मा बसेको संचालक समितिको बैठकले ढकाललाई कम्पनीको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मनास्लु ट्रेडिङ्गलाई स्थापित गरी हाल प्रोपाईटरको रुपमा काम गर्नुका साथै उनीसंग अन्य विभिन्न संस्थामा उच्च व्यवस्थापन पदमा काम गरेको अनुभव रहेको छ । उनले हाथवे फाइनान्स कम्पनी लि. (हालको ग्लोबल आइएमई बंैक लि.) मा वि.सं.२०७४ देखि २०७६ सम्म संचालक पदमा र अन्य विभिन्न संस्थामा पनि व्यवस्थापकिय भूमिकामा सफलतापुर्वक काम गरेका छन् । ढकालले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र तथा अर्थशास्त्रमा स्नातक पनि गरेका छन् ।

आफ्नो बृहत कार्य अनुभव र दक्ष व्यवस्थापकिय क्षमताका कारण बोर्डका नवनियुक्त संचालक लिला नाथ ढकालले आगामी दिनमा मुक्तिनाथ क्यापिटलले प्रदान गर्ने सेवाको विस्तार र अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको क्यापिटलले जनाएको छ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved