३३ केजी सुनकाण्डमा पक्राउ परेका एसएसपी लोहनीलाई थुनामुक्त गर्न आदेश

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 14, 2018 | 09:57:45 PM मा प्रकाशित

laxmi  sunrise bank

उच्च अदालत बिराटनगरले सुनकाण्डमा मुछिएका एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ। न्यायाधीशद्वय  नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको संयुक्त इजलासले शुक्रबार मोरङ जिल्ला अदालतकाे आदेश उल्ट्याउँदै लोहनीलार्इ थुनामुक्त गर्ने अादेश दिएको हो।

लोहनीले असार ७ मा थुनामुक्त हुन पाउँ भन्दै दिएको निवेदन उपर सुनुवाई गर्दै उच्च अदालत बिराटनगरले यस्तो आदेश दिएको हो। तत्कालिन महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख लोहनी ३३ केजी सुनकाण्डमा गत बैशाख १९ मा पक्राउ परेका थिए। 

सुन प्रकरणको अनुसन्धान गर्न गृह मन्त्रालयका सह-सचिव र्इश्वरराज पौडेलको नेतृत्वमा गठित समितले उनलाई बयानका लागि बोलाएको थियो। लोहनीसहित महाशाखाका डिएसपी प्रजित केसी र सर्इ बालकृष्ण सञ्जेलले सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई बचाउने प्रयास गरेको अारोप लागेको थियो ।  

प्रकरणमा लोहनीसहित पूर्व डीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय केसी, सञ्जय राउत, सई सन्जेल, जवान विष्णुबहादुर खड्कासहित ६३ जनालार्इ प्रतिवादी बनाएर जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved