महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2020 | 06:03:33 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited  ले पिउने पानी व्यवस्थापनकालागि विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई तीन लाख १५ हजार रुपैयाँ सहयोग गरेको हो । 

बैंकको हेटौंडार टाँडी शाखाले मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ मा अवस्थित आनन्द भैरव आधारभुत विद्यालयलाई एक लाख ५० हजार र चितवनको इच्छाकामना गाँउपालिका ७ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमालाई एक लाख ६५ हजार रुपैयाँ सहयोग गरेको जनाइएको छ । 

बैंकले देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved