मुक्तिना विकास बैंक Muktinath Bikas Bank Limited बाट चेक बिना नै रकम झिक्न पाईने भएको छ । बैंकले महामारीको परिस्थितिमा ग्राहकलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले बिना चेक रकम झिक्न सकिने ई-टेलर सेवा सञ्चालन गरेको हो ।
ई-टेलर मार्फत ग्राहकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग-इन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्ने बैंकले जनाएको छ । बैंकको सबै शाखाहरुमा उपलब्ध रहेको उक्त सेवाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले गरेका हुन् । बैंकले नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी सेवाहरु प्रदानगर्ने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।