कामना सेवा विकास बैंकले काठमाडौं स्थित लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियोसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले स्टुडियोले प्रदान गर्ने सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
बैंकका अनुसार ग्राहकहरुले बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने छन्। यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने विश्वास लिएको बैंकले जनाएको छ ।
बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् सेवा गरि सेवा प्रदान गरिरहेको छ।