सुर्खेतबाट पनि पुन; श्रम स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2019 | 11:34:11 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्णाली प्रदेशले माघ ६ गतेबाट पुन श्रम स्वीकृति सेवा प्रदान गर्ने भएको छ । प्राविधिक तथा व्यवस्थापनको सम्पूर्ण काम पूरा भैसकेकोले आईतबारदेखि सुर्खेतको विरेन्द्रनगरबाट सेवा प्रदान गर्न लागेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको हो । 

कर्णाली प्रदेशका सेवाग्राहीले विरेन्द्रनगरबाटै नयाँ श्रम स्वीकृति, पुन श्रम स्वीकृति तथा वैदेशीक रोजगार सम्बन्धि सम्पूर्ण सेवा लिन पाउनेछन् । 

मन्त्रालयका अनुसार सबै प्रदेशबाट प्रदान गरीने श्रम स्वीकृति सेवामा अनलाईन टोकन प्रणली लागू गरीनेछ । पुष  १५ गतेबाटै सम्पूर्ण प्रदेशबाट श्रम स्वीकृति सेवा सुचारु गर्ने भनिएतापनि तयारीको अभावले सुरु हुन सकेको थिएन । पुष १५ बाट प्रदेश नं. २ र प्रदेश नं. ५ बाट मात्रै सेवा सुचारु भएको थियो । साथै पुष २६ गतेबाट गण्डकी प्रदेशबाट पनि सेवा सुरु गरेको थियो ।  यस अघि काठमाडौंको ताहाचलबाट मात्रै श्रम स्वीकृति सम्बन्धि सेवा प्रदान गर्दै आईरहेको छ ।  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved