माथिल्लो तामाकोशीमा ठेकेदारको ढिलाइ

रासस

रासस

Jan 03, 2020 | 09:50:55 PM मा प्रकाशित

laxmi  sunrise bank

बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली जोड्ने सबस्टेशन निर्माणमा ढिलाइ भएको छ । आयोजनाको लट–४ अन्तर्गतको भारतीय कम्पनी केईसी इन्टरनेशनल लिमिटेडको जिम्मामा दिएको भएता पनि काम गर्न ढिला भएकाले माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न आवश्यक सबस्टेशन निर्माणमा ढिलाइ भएको छ ।

आयोजनाको हालसम्मको प्रगति गत वर्षदेखि करिब ९९ प्रतिशत भएको जनाएको छ । आयोजनाबाट विद्युत् उत्पादन हुनुभन्दा दुई महिना पहिले निर्माण सम्पन्न गरेको भए पनि परीक्षण यसको निर्माण नभएकोले ढिलाइ भएको हो । पेन स्टक पाइप लाइन जडान ढिला भएकाले आयोजना नै अगाडि बढ्न नसकेको माथिल्लो तामाकोशीको प्रवक्ता डा गणेश न्यौपानेले बताए ।

तल्लो खण्डअन्तर्गत ३७० मिटरमध्ये हालसम्म १७५ पेन स्टक पाइप जडान भएको छ । माथिल्लो खण्डअन्तर्गत ३१० मिटरमध्ये ७२ मिटरमात्रै जडान भएको इण्डीयन टेक्सना कमम्पनीले गरेको थियो भने तल्लोमा पेन स्टक पाइप जडान गर्ने जिम्मा इन्डीज हाइड्रो अस्ट्रीयाले ठेक्का पाएको थियो । यी दुई भारतीय कम्पनीका कारण माथिल्लो तामाकोशीबाट विद्युत् उत्पादन गर्ने समय डेढ वर्ष ढिला भइसकेको छ । यसबाट विद्युत् उत्पादनबाट हुने आम्दानी रु १५ अर्ब बढी खेर गएको छ ।

एक स्थानमा पाइप जडान गर्दा ३ देखि ४ पटकसम्म जाँच गरी भए नभएको टेकनिकल जाँच गर्दै आएको प्रवक्ता न्यौपानेले बताए । माथिल्लो खण्डमा जडान गर्नका लागि सहज भए पनि तल्लो खण्डमा काम गर्नका लागि निकै कठिन भएको न्यौपानेले बताए । ठेकेदारले ढिलाई गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका काम समयमा नसक्ने प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।

आयोजनाबाट उत्पादित ४५६ मेगावाट विद्युत् सबस्टेशनमा जडान गरेर मात्र विभिन्न स्थानमा प्रसारण गर्न सकिन्छ । माथिल्लो तामाकोशीले ग्यास इन्सुलेटेड स्वीच (जीआइएस) प्रविधिबाट निर्माण गरिरहेको २२०÷१३२ किलोभोल्ट क्षमताको सबस्टेशन यो नै नेपालको पहिलो भएको उनको दाबी छ ।

जीआइएस प्रविधिको सबस्टेशनमा सम्पूर्ण मेसिन तथा उपकरण एउटा ठूलो भवनभित्र हलमा जडान गरी व्यवस्थित गरिसकेको छ । यसअघि नै रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३, फुलासीको १३९ रोपनी क्षेत्रफलमा निर्माणाधीन सबस्टेशनको लागत रु दुई अर्ब रहेको माथिल्लो तामाकोशी आयोजनाको इलेक्ट्रिकल शाखा प्रमुख पूर्णगोपाल रञ्जितले जानकारी दिए ।

आयोजनाको लट ४ अन्र्तगत गोगरदेखि खिम्तीसम्म ४७ किलोमिटर लामो २२० केभीको प्रसारण लाइन भारतको केइसी इन्टरनेशनल मिमिटेडले गर्दै आएको आयोजनाले जनाएको छ । सबस्टेशन निर्माणको जिम्मेवारी पनि केइसीले नै पाएको छ । आयोजना र कम्पनीबीच २०६९ साल पुस २६ गते ठेक्का सम्झौता गरेको थियो । कम्पनीले २०७२ साल असारसम्म प्रसारण लाइन र सब स्टेशनको काम पूरा गर्ने सम्झौता गरेको थियो । प्रसारण लाइन र सबस्टेशनका लागि एक करोड ७९ लाख ४ हजार ८७२ अमेरिकी डलर र रु २५ करोड २५ लाख ५९ हजार ५२० लागत सम्झौता भएको थियो ।

नेपाल विद्युत् प्राधिकरणले न्यू खिम्ती सबस्टेशनका लागि जग्गा व्यवस्थापन गरी दिनुपर्ने भएकाले प्राधिकरणले जग्गा व्यवस्थापन गर्न नसकेपछि अपर तामाकोशीकै पहलमा जग्गा व्यवस्थापन यसअघि नै भएको हो । जग्गा व्यवस्थापन ढिला हुँदा २०७३ साल पुसबाट मात्र सबस्टेशन निर्माण शुरु भएकाले गर्दा पनि निर्माण समयमा नभएको आयोजनाले जनाए ।

पछिल्लो थपिएको म्यादअनुसार ठेकेदार कम्पनी केईसी इन्टरनेशनलले सबस्टेशनको निर्माण २०७६ साल माघ मसान्तसम्म सक्नुपर्ने सम्झौतामा उल्लेख भए पनि यो समयमा सक्नु निकै कठिन हुने देखिएको हो । सबस्टेशनका लागि चाहिने विभिन्न मेशिनको ढुवानी कार्य ६५ प्रतिशत सकिएको भए पनि समयमै काम शुरु नभएकोले सक्न निकै कठिन भएको आयोजनाले जनाएको छ । नेपाल विद्युत् प्राधिरकणले खिम्ती र लिखु खोलामा निर्माणाधिन विद्युत् आयोजनाबाट यही सबस्टेशनमा विद्युत् जोडिने भएको छ । सबस्टेशनबाट तराई र काठमाडौँसम्म विद्युत् प्रसारण गर्ने लक्ष्य रहेको बताएको छ ।

केईसी इन्टरनेशनले नै निर्माण गरिरहेको २२०÷१३२ केभीको डबल सर्किट प्रसारण लाइनको भने उल्लेखनीय प्रगति हासिल गरेको शाखा प्रमुख रञ्जितले जानकारी दिए । लामाबगरको गोंगरखोलादेखि खिम्तीसम्मको ४७ किलोमिटर लामो प्रसारण लाइनको १२७ वटा टावर निर्माण गरी ४२ किलोमिटर तार टाँग्ने कार्य सम्पन्न भइसकेको रञ्जीतकारले जानकारी दिनुभयो । प्रसारण लाइन निर्माण कार्य करिब ९५ प्रतिशत सम्पन्न भएको छ । विद्युत् उत्पादन हुँदा प्रसारण लाइन पूरा हुनेछ तर पावर हाउसमा विद्युत् उत्पादन गर्ने उपकरण जडान पूरा भएको ८ महिना पूरा भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved