किन सय रुपैयाँ भन्दा तल झर्यो हाइड्रोको शेयर मूल्य ? गुरु भन्छन; 'सेयर खेलाडी छिरेपछि बर्बाद भयो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2020 | 11:40:59 AM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय जलविद्युत कम्पनीहरुको शेयरमा लगानीकर्ताको आकर्षण देखिन छाडेको  छ । बजारमा आएका हाइड्रो कम्पनीका शेयर पनि बिक्न छाडेका छन् भने नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत कतिपय कम्पनीका शेयर मूल्य अंकित मूल्यबाट तल झरेको छ ।

पछिल्लो समय युनियन हाइड्रो, हिमाल दोलखा र शिव श्री हाइड्रोको आईपिओ पुरै बिक्रि नभएर प्रत्याभूतकर्ताले खरिद गर्नु परेको थियो युनियन हाइड्रोको प्रत्याभूति सजिल्यै भएपनि हिमाल दोलखामा भने लामो समय विवाद रहेको थियो शिव  श्री हाइड्रोको हकमा भने अझै विवाद समाधान भईसकेको छैन यदि मात्र हैन बजारमा आईपिओ निष्काशन गर्न तयारी गरेका कम्पनीले प्रत्याभूतकर्ता नै नपाउन थालेको चर्चा समेत चलन थालेको छ

उता बजारमा सुचिकृत ३२ जलविद्युत कम्पनी मध्ये १६ कम्पनीको शेयर मूल्य एक सय वा सो भन्दा तल रहेको छ यी मध्ये ५ वटा कम्पनीको शेयर मूल्य ६० भन्दा पनि तल छ सुचिकृत कम्पनी मध्ये २८ कम्पनीको शेयर मूल्य २ सय भन्दा  तल छ भने ४ वटाको मात्र २ सय भन्दा माथि छ सानिमा माई, अपर तामाकोशी, बुटवल पावर, र चिलिमे रहेका छन्

किन जलविद्युतमा लगानीकर्ताको आकर्षण घट्यो ? किन शेयर मूल्य सय भन्दा तल झर्यो त् ? नेप्सेमा पहिलो हाइड्रो कम्पनी सुचिकृत गराएका हाइड्रो उद्यमी गुरु प्रसाद न्यौपाने खेलाडीले हाइड्रोको शेयरमा खेलेका कारण यो अवस्था आएको बताउछन् । हाइड्रोको मुख्य आम्दानीको स्रोत नै विजुली बिक्रि भएको र उत्पादन थालेपछि आम्दानी निश्चित जस्तै हुने भएकोले पनि खेलाडीले यी शेयरमा खेलेको उनी दाबी गर्छन  

उनी भन्छन् ‘ आउनु नहुनी लगानीकर्ताहरु हाइड्रोमा आएर यो अवस्था आएको हो’ । उनका अनुसार बैंक, इन्स्योरेन्स र माइक्रोफाइनान्सको शेयरमा खेल्नेहरु हाइड्रोमा आएको र तत्काल लाभ लिन खोज्दा मूल्य घटेको उनी बताउछन् । दीर्घकालीन लाभ खोज्नेलाई मात्र हाइड्रो खरिद गर्न सुझाव दिदै उनी भन्छन् ‘ आजको भोली लाभ लिन खोज्ने भए बैंक, इन्स्योरेन्स र माइक्रोफाइनान्समा खेल्ने हो हाइड्रोमा होइन’ । हाइड्रोमा एचआईडिसीएल, नागरिक लगानी कोष, कर्मचारी संचय कोष, बिमा कम्पनी, बैंक, जस्ता संस्थागत लगानीकर्ताले लगानी गर्नु पर्ने उनी बताउछन् ।

शेयर मूल्य बुक भ्यालु भन्दा तल जाँदा मार्केट मेकरको आवश्यकता पर्ने तर नेपालमा त्यो नभएकोले पनि समस्या भएको उनी बताउछन् त्यस्तै उनका अनुसार हाल हाइड्रोमा नयाँ लगानीकर्ता नआएको र बजार काठमाडौँ बाहिर धेरै नफैलिएर पनि समस्या भएको हो उनी अब पुँजीबजारमा विदेशी लगानीकर्ता ल्याउनु पर्ने, हाइड्रोलाई पनि ऋणपत्र निष्काशन गर्न अनुमति दिनु पर्ने, एनआरएनलाई लगानी गर्न सहज वातावारण दिनु पर्ने, मार्केट मेकर ल्याउनु पर्ने बताउछन् । यी ब्यबस्था भए बजार माथि जाने र हाइड्रोको शेयर मूल्य  पनि माथि जाने उनको भनाई छ

उता स्वतन्त्र उर्जा उत्पादक संघ इपान भने सरकारले घोषणा गरेको सहुलियत नपाएको, सरकारले गरेका प्रतिबद्धता पुरा नगरेको र बैंकको ब्याजदर अत्यधिक भएको कारणले केहि हाइड्रो कम्पनी समस्यामा गएको र सोहि कारण शेयरमा आकर्षण नदेखिएको दाबी गर्छन  संघले दर्जन बढी माग राख्दै आन्दोलनको तयारी गरेपछि उर्जा मन्त्रालयले यसबारे अध्ययन गर्न समिति समेत गठन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved