प्रधानमन्त्रीले भने 'कोरोना नआएको भए अपर तामाकोशीको बिजुली बलि सक्थ्यो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2020 | 10:46:14 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नआएको भए आजसम्म माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उर्जा उत्पादन शुरु भई सक्ने बताएका छन् ।  छैठौ संविधान दिवसको अवसरमा सैनिक मंच टुडिखेलमा आयोजित विशेष कार्यक्रममा देशवासीको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

 यदि कोरोना महामारी हुँदैनथ्यो भने आज गत बर्ष कबुल गरिएका कतिपय काम सम्पन्न भएको विवरणको चर्चा हुने बताएका हुन् । 

उनले भने ' यदि कोरोना महामारी हुँदैनथ्यो भने आज गत बर्ष कबुल गरिएका कतिपय काम सम्पन्न भएको विवरणको चर्चा हुने थियो । केही राष्ट्रिय गौरवका आयोजनाहरु उद्घाटन हुने थिए । भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हुने थियो । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उर्जा उत्पादन शुरु भएको हुने थियो । मेलम्चीको पानी आउन थालेको हुने थियो । रानीपोखरीको पुनर्निर्माण सम्पन्न भइसकेको हुने थियो । धरहरा निर्माणको कार्य सकिने थियो । निजी आवास पुनर्निर्माणको काम पूर्ण रुपमै भइसकेको हुने थियो । '

उनले विगत तीन बर्षदेखि अर्थतन्त्रले उच्च आर्थिक बृद्धिदरको लय समातेको बताए । मानव विकास सूचकांक, व्यवसाय गर्ने सहज वातावरण, भोकमरीको अवस्था, शान्ति–सुब्यवस्था तथा कानूनी शासन, भ्रष्टाचार निवारण, पर्यटकीय प्रतिस्पर्धा, लैंगिक समानता, विद्यालय शिक्षा, बालबालिका र स्वास्थ्यजस्ता विश्वव्यापी १४ विभिन्न सूचकांकमा नेपालले उल्लेख्य सुधार गरेको उनको भनाई थियो ।

तर अहिले कोभिड–१९ का कारणले नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको उनले बताए । उनले भने ' हामी यस प्रतिकूल अवस्थाको छिट्टै अन्त्य गर्ने छौं र परिस्थितिलाई अनुकूल बनाउने छौं । '


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved