दाता गुहार्दै पशुपति क्षेत्र विकास कोष

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 07, 2019 | 03:14:04 PM मा प्रकाशित

laxmi  sunrise bank

पशुपति क्षेत्र विकास कोषसँग चालु आर्थिक वर्षको लागी ७६ करोड बजेट छ । कोषको आन्तरिक स्रोतबाट ४१ करोड ४६ लाख, नेपाल सरकारबाट अनुदान ३४ करोड ८६ लाख र दातृ निकायबाट ९१ लाख ७३ हजारको बजेट कोषले कार्यान्वयन गर्दैछ । 

यही बजेटमार्फत वर्षभरीका गतिविधि कोषले गर्दै आएको छ । यद्यपी आर्थिक वर्षको ८ महिना भने वितिसकेको छ । सरकारले २६ वटा विभिन्न योजनाका लागी भनेर बजेट पठाएको छ । विभिन्न ९ वटा योजनाका लागी दाताबाट सहयोग र अनुदान आउन सक्ने ठानेर कोषले बजेटमा सो कुरा उल्लेख गरेको कोषका सूचना अधिकारी प्रेमहरि ढुङ्गानाले जानकारी दिएका छन् ।

पशुपतिमा दाताबाट भएका काम

पशुपतिनाथ मन्दिर क्षेत्रको विकासका लागी कोषबाहेक अन्य दातृ निकायपनि सक्रिय देखिएका छन् । लक्ष्मी बैंकले अशक्त र अपाङ्ग भक्तजनका लागी अटो (सवारी) को व्यवस्था गरिदिएको छ । इन्भेष्टमेन्ट बैंकले २५ जना मन्दिर परिसर सफा गर्ने मान्छे राखिदिएको छ । एनआइसी एशिया बैंकले एउटा सौचालय बनाइदिएको छ । नेपाल एसबिआई बैंकले मूल गेट बनाईदिँदै छ । इन्भेष्टमेन्ट बैंकले नै छ करोडको लागतमा म्युजियम बनाउँदैछ । भारत सरकारले नेपाल भारतमैत्री धर्मशाला बनाएर यसवर्ष हस्तान्तरण गरेको छ । 

यसका अलवा पशुपति क्षेत्रलाई सौन्दर्ययुक्त बनाउन सौन्दर्यमा आधारित लाइटिङ राख्ने (सदाबहार उज्यालो बनाउने) काम र सुनको जलरी बनाउनको लागी पनि कोषले दातालाई खाज्ने तयारी थालेको छ । यी दुई योजनाका लागी दाता आउने अपेक्षा सहित कोषको बोर्ड बैठकले यी कार्यक्रम पास गरेको हो । 

पशुपति क्षेत्र विकास कोषले चालु आर्थिक वर्षको लागी छुट्याएको बजेट सबै नसके अर्को वर्ष पनि प्रयोग गर्न पाउँछ । कोषको बजेट फ्रिज हुँदैन । आफूसँग भएको बजेट सक्नुको सट्टा कोषले दाता खोज्न थालेको छ । कोषका अधिकारीका अनुसार कोषको बजेट नसकिएपनि फ्रिज नहुने भएकाले दाता मार्फत काम गराउँदा अर्को वर्ष कोषको बजेट आउँदा अहिलेको बाँकी बजेट पनि जोडिने भएकाले दाता खोज्न लागिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved