कोरोना जाँच बिनै दैनिक १५ सय भारतीय नेपालमा, जोखिममा पशुपति क्षेत्र

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 19, 2020 | 11:41:03 AM मा प्रकाशित

laxmi  sunrise bank

पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने भारतीय पर्यटकबाट नेपाल असुरक्षित देखिएको छ । धार्मीक आस्थाका कारण दर्शन गर्न आउने भएका कारण ‘न आऊ’ भन्न नसकिने भन्दै पशुपति क्षेत्र विकास कोषले निर्वाध रुपमा दर्शनार्थीका लागि मन्दिर प्रवेश दिईरहेको छ । 

पशुपतिको आफ्नो तयारी छैन

भारतमा कोरोना भाइरस संक्रमित बढिरहेका छन् । हालसम्म १७१ जना भारतीयमा कोरोनाको संक्रमण पुष्टि भएकोमा ३ जनाको मृत्युसमेत भईसकेको छ । यसले गर्दा भारतबाट जनकपुर र पशुपति आउने तिर्थालुबाट नेपाल कोरोनाको उच्च जोखिममा रहेको सरोकारवालाको बुझाई छ । 

पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने भारतीय तिर्थालु नेपालीको तुलनामा बढिरहेका छन् । तर विगत वर्षहरुको तुलनामा भने घटेका छन् । अहिले स्थलमार्गबाट मात्रै नभई हवाई मार्गबाट समेत भारतीय पर्यटकहरु नेपाल आईरहेका छन् । भारतमा कोरोनाको जोमिख बढेकाले कोरोना छल्न भन्दै हुलका हुल भारतीयहरु नेपाल भित्रिरहेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिने भारतीयको संख्या हाल दैनिक १५० भन्दा बढी छ । 

पशुपति क्षेत्र विकास कोषले भारतीय तिर्थालुहरु नबढेपनि तुलनात्मक रुपमा आगमन शन्तोषजनक नै रहेको बताएको छ । कोषका सूचनाअधिकारी प्रेमहरि ढुंगाना यकिन तथ्यांक नभएपनि भारतीय तिर्थालुहरु सरदर दैनिक १५ सयको हाराहारीमा आउने गरेको बताउँछन् ।

‘बास बस्ने संख्या, भिडभाड हेर्दा भारतीय तिर्थालुहरु घटेका छन्’ उनले भने । महाशीवरात्री पछि र रामनवमीको अघि नेपाल आउने भारतीय पर्टक बढ्छन् । 

सूचनाअधिकारी ढुंगा पशुपति क्षत्र विकास कोषले आफ्नो छुट्टै तयारी गर्ने भन्दापनि राज्यकै तयारीमा समाहित भएको बताउँछन् । राज्यले गरेका तयारीमा नै समाहित रहेको भन्दै उनले मन्दिर परिसरमा हात धुने व्यवस्था र निशुल्क स्यानिटाइजरको प्रवन्ध गरिएको बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved