विशाल ग्रुपको अर्को गैरकानुनी काम, श्रम स्वीकृति बिनै कामदार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2020 | 06:39:35 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको व्यापारीक घराना विशाल ग्रुपले गैर कानुनी रुपमा विदेशी कामदारलाई काममा लगाएको खुलासा भएको छ । समुहले श्रमस्वीकृति बिनै विदेशी कामदारलाई काममा लगाएको खुलासा भएको हो।

नेपाल सरकारले सबै विदेशी नागरिकहरुले नेपालमा काम गर्नका लागि अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने ब्यबस्था गरेतापनि विशाल ग्रुपले भने श्रम स्वीकृति बिनै काम गराउदै आएको हो । यो समुह श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा आबद्ध नै भएको छैन् । विभाग स्रोतका अनुसार विशाल ग्रुप तथा उसको मातहतमा रहेका कुनै पनि कम्पनी विभागमा आबद्ध छैन । 

विशाल ग्रुपको धन्दामा वाणिज्य विभाग र प्रहरीको छापा (भिडियो सहित)

विदेशी कामदारहरु राख्नेसंस्था विभागमा दर्ता भएपछि मात्र संस्थाको सिफारिसमा गैरनेपाली श्रमिकलाई १ वर्षको श्रमस्वीकृति दिने ब्यबस्था छ । तर विभागमा विशाल ग्रुप, आयन डिष्ट्रिब्युटर तथा युनाइटेड डिष्ट्रिब्युटर लगायतका कुनै पनि संस्था आवद्ध छैन । 

असोज १५ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, महानगरीय प्रहरी अपराध महाशाखा र केन्द्रिय अनुसन्धान विभागको संयुक्त टोलीले कलंकीको लिङरोडमा म्याद समाप्त भएका खाद्य वस्तुमा रिलेवलिङ गर्दै गर्दा ८ जनालाई रंगेहात प्रक्राउ गरेको थियो । उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने कार्यमा उक्त ग्रुपको संलग्नता रहेको प्रहरीले जनाएको छ । 

विशाल ग्रुपको लोकल वितरणको रुपमा रहेको आयान डिष्ट्रिब्युटरका सञ्चालक भारतीय नागरिक रोनक बोथ्रा हाल प्रहरीको हिरासतमा रहेका छन् । बोथ्रा प्रक्राउ परेपछि विशाल गुप्रअन्तरगत रहेका कुनै पनि कम्पनीले श्रमस्वीकृति नलिएको खुलासा भएको हो । 

यो पनि : विशाल अग्रवाल र प्रिज्मा एजेन्सीको दाबी झुटो भएको खुलासा

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved