मलेसियामा पनि देखियो जिका भाइरस, नेपाल उच्च जोखिममा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 04, 2016 | 11:54:42 AM मा प्रकाशित

laxmi  sunrise bank

 मलेसियामा जिका भाइरसको सङ्क्रमणबाट एकजना ६१ वर्षीय नागरिकको मृत्यु भएको छ ।  उनको मुटुमा समस्या देखिएपछि मृत्यु भएको बताइएको छ ।  मलेसियाको स्वास्थ्य मन्त्रालयले उनी विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त देखिए पनि मृत्यु हुनाको कारण जिका भाइरसको मुटुमा सङ्क्रमण नै भएको बताएको छ ।  

यसअघि मलेसियाली एक महिलाले सिङ्गापुरबाट घर फर्किएपछि उक्त रोगका करण ज्यान गुमाएकी थिइन् । उनलाई सिङ्गापुरमा रहँदा जीका भाइरसको सङ्क्रमण भएको दाबी गरिए पनि शनिबार मृत्यु भएका सवाह राज्यका नागरिकको भने स्थानीयस्तरमै रोगको सङ्क्रमण भएपछि मृत्यु भएको जनाइएको छ ।

 एडिस नामक लामखुट्टेको टोकाइबाट सर्ने जीका भाइरसको सङ्क्रमण अहिलेसम्म विश्वका ६७ देशमा भेटिएका र विश्वभर करिब २६ लाख मानिसमा यसको खतरामा रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

 मलेसियामा लाखौं नेपालीहरु बैदेशिक रोजगारीमा कार्यरत छन् । उनीहरु यसबाट संक्रमण भएर नेपालमा फर्केमा नेपालमा पनि भाईरस फरक सक्छ   । हालै मात्र एक अध्ययनले   भारत , पाकिस्तान, बंगलादेश र चीन जीका भाइरसको उच्च जोखिममा रहेको बताएको थियो।  भाईरस अत्यधिक जनसंख्या भएको यी मुलुकमा फैलिए खुल्ला सिमाना, मिल्दो हावा पानी र अत्यधिक आवत जावतका कारण नेपालमा पनि संक्रमण फैलने निश्चित छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved