निषेधाज्ञा खुकुलो बनाईएकोमा उपत्यका नगरपालिका फोरमकाे अशन्तुष्टी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2020 | 01:17:08 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकाको निषेधाज्ञा खुकुलो बनाईएकोमा उपत्यका नगरपालिका फोरमले अशन्तुष्टी जनाएको छ । फोरमले ब्यबसाय संचालन गर्ने दिने गरी जिल्ला प्रशासन कार्यालयले आदेश जारि गरेको भन्दै  अशन्तुष्टी जनाएको हो ।

बिहीबार फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन र सचिव एवं मध्यपुर थिमीका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा प्रेस बिज्ञप्ति जारी गर्दे ध्यानाकर्षण भएको जनाएका छन् । प्रशासनको सूचना अुनसार फोरमले विषेधाज्ञामा सञ्चालन गर्न पाउने सेवाअन्तर्गत बुँदा ३ मा उल्लेख व्यवस्याप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

विज्ञप्तीमा भनिएको छ, 'बुदा नम्बर ३ मा भनिएअनुसार ‘उपत्यकाभित्र विकास निर्माणसँग सम्बन्धित पसल÷व्यवसाय साथै सोको ढुवानीका लागि प्रयोग हुने सवारी साधन सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर दिउँसो २ बजेदेखि बेलदुका ९ बजेसम्म सञ्चालन गर्न सकिने’ भन्ने विषयले निषेधाज्ञाको अर्थ दिदैन ।

त्यस्तै फोरमले अत्यावश्यकीय बस्तु र सेवालाई बिहान ११ बजेसम्म मात्र खोल्न सकिनेसम्मलाई कायम राख्दै अन्य समयमा पसल÷व्यवसाय सञ्चालनमा रोक लगाउने गरी अबिलम्ब निषेधाज्ञा आदेश सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । 

भाइरस संक्रमण नियन्त्रणमा आइनसकेको उल्लेख गर्दै जिल्ला प्रशासनले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, स्थानीय प्रशासन ऐन २०२८, संक्रामक रोग ऐन २०२० ले दिएको अधिकार प्रयोग गरेर निषेध आदेश जारी गरेको हो । १७ गते पुनः थपिएको निषेधाज्ञा केहि खुकुलो बनाई भदौ २४ गते राती १२ बजेसम्मको लागि लागु गरिएको हो । 

बिषय परिस्थितिलाई ध्यानमा राख्दै उपत्यकाका स्थानीय तहबाट प्रवाह हुँदै आएका सेवामध्ये अत्यावश्यक वाहेकका सबैसेवा भदौ २४ गतेसम्म बन्द रहने फोरमले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved