'सरल बैंकिङ पहुँच बिना औद्योगीक विकास असम्भव'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2020 | 03:32:58 PM मा प्रकाशित

laxmi  sunrise bank

मुलुकमा उद्योग व्यवसाय फष्टाउन सहज र सरल बैंकिङ पहुँच हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । कृषि, लघु, घरेलु तथा साना उद्योग, महिला उद्यमीलगायतका क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालनमा ल्याए पनि यसको व्यवहारीक कार्यान्वयन हुन नसकेको उनीहरुको गुनासो गरेको छ ।

काठमाडौंमा ‘लघु, घरेलु तथा साना उद्योगमा कर्जाका समस्या र समाधानका उपाय’ सम्बन्धी कार्यक्रममा उनीहरुले यस्ता गुनासो गरेका हुन् । त्यस्तै उनीहरुले व्यापार घाटा न्यूनीकरणमा सघाइरहेका उद्योगहरु वित्तीय लगानीको अभावकै कारण खुम्चनु परेको तर्क समेत दिएका छन् ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, नियामक निकाय नेपाल राष्ट्र बैंक, विभिन्न उद्योगमा संलग्न उद्योगी÷व्यवसायीलगायत करिब एक सय जनाको सहभागिता रहेको  थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved