रिद्धि सिद्धि सिमेन्टले “शिलान्यास रिद्धि सिद्धिसँग” नामक योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत कम्पनीसँग सम्पर्क गरी आफ्नो घर निर्माणमा प्रयोग हुने सिमेन्टको निःशुल्क परीक्षण गर्न पाउने छ ।
कम्पनीसँग सम्पर्क गरेपश्चात् कम्पनीका प्रतिनिधि निर्माणस्थलमै पुगी निर्माणस्थलको निरीक्षण गरी परीक्षण गराउन प्रयोगशालाका लागि नमुना संकलन गर्ने कम्पनीले जनाएको छ । कम्पनीलका अनुसार सिमेन्टको वैज्ञानिक परीक्षणको शुल्क सुरुमा ग्राहकले नै स्वयम् भुक्तानी गर्नुपर्ने तर परीक्षणको रिर्पोट नेपाल गुणस्तरले तोकेको मापदण्ड अनुरुप नभएमा सो परीक्षण शुल्क फिर्ता हुनेछ ।
नेपाल गुणस्तरले तोकेको मापदण्ड अनुरुप भएमा पहिलो ढलानको लागि खरिद गरिएको सिमेन्टको बिलमा परीक्षण शुल्क घटने कम्पनीले जानकारी दिएको छ । यसका लागि न्यूनतम १०० बोरा खरिद गरिएको हुनुपर्नेछ ।
योजना प्रथम ५०० जना र मङ्सिर महिना भरिको लागि लागु हुनेछ । योजना हाललाई काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की जिल्लामा मात्र लागूछ ।