बंगलादेशले रोहिङ्ग्याका शरणार्थीहरुको लागि ठूलो शिविर निर्माण गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 17, 2017 | 06:25:51 AM मा प्रकाशित

laxmi  sunrise bank

बंगलादेशले म्यानमारका रोहिन्ग्या शरणार्थीका लागि ठुलो क्याम्प बनाउने भएको छ। म्यान्म्यारमा हिँसा बढेपछी सिमा पार गरी आफ्नो मुलुक आइपुगेका रोहिन्ग्याबासीका लागि बंगलादेशले चार लाख मानिस अटाउने क्याम्प बनाउन लागेको ढाका सरकारले घोषणा गरेको हो। 

समाचार एजेन्सीका अनुसार बंगलादेशले सहयोगी नियोग तथा सुरक्षा निकायको सहयोगमा कक्स बजार नजिक प्रत्येक घरमा ६ परिवार बस्न मिल्ने गरी कुल १४ हजार भवन निर्माण गर्ने भएको छ।८ बर्ग किलोमिटर क्षेत्रफलमा ८ हजार ५ सय अस्थायी शौचालय र ती भवनहरु १० दिनभित्र निर्माण सम्पन्न गर्ने बंगालदेशी सरकारको योजना छ । 

सरकारी दमनका कारण गत अगस्ट यता करिब चार लाख रोहिन्ग्या भागेर बंगलादेश पुगेको अनुमान छ। शरणार्थी रोहिंग्या बालबालिकाका लागि रुबेला र पोलियो खोप अभियान समेत आजबाट शुरु गरिएको छ। 

संयुक्त राष्ट्रसंघले म्यानमार सरकारको कदमले आदिबासी समुदाय निमिट्यान्न हुनसक्नेतर्फ ध्यानाकर्षण गराएको छ । विभिन्न अधिकारवादी संगठनहरुले पनि म्यानमार सैनिकले रोहिंग्या गाउँ नै जलाएर ध्वस्त पारेको आरोप लगाउँदै आएका छन् । तर म्यानमार सैनिकले भने विभिन्न लडाकु समुहले आक्रमण गरेपछि त्यसको प्रतिकार मात्रै गरेको भन्दै सर्वसाधारणमाथि हिंसा नगरेको दाबी गरेको छ ।   






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved