मोगादिसुमा भएको शक्तिशाली बम विस्फोटमा ३० जनाको ज्यान गयो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 15, 2017 | 06:39:22 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमालियाको राजधानी मोगादिशुमा बम आक्रमण हुँदा कम्तिमा ३० जनाको ज्यान गएको छ । राजधानी मोगादिसुमा रहेको एक होटलको प्रवेशद्वार नजिक विस्फोटक पदार्थले भरिएको लरी विस्फोट भएको प्रहरीले जनाएको छ ।घटनामा धेरै मानिस घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अहिलेसम्म आक्रमणको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन । 


विस्पोटका कारण होटेलका कैयाँ ढोका, झ्याल नराम्ररी चर्केका छन् । विश्पोटको आवाज निकै टाढासम्म सुनिएको र भवनहरू थर्किएका थिए । मोगादिशुमा यस्तो आक्रमण धेरै हुने गरेको छ । यस्तै मादिना जिल्लामा भएको अर्को बम आक्रमणमा दुईजनाको ज्यान गएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved