नाकाबन्दीमा पनि कतारको चमत्कारिक आर्थिक वृद्धि, यस्तो छ कारण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 26, 2017 | 05:29:39 PM मा प्रकाशित

laxmi  sunrise bank

लामोसमयदेखिको नाकाबन्दिका बावजुत कतारले आर्थिक वृद्धिमा उल्लेख्य प्रगति गरेको छ। कतारका केन्द्रिय बैंकका गभर्नर सेख अब्दुल्लाह विन साउड अल थानीले खाडी सहयोग परिषद् (जिसीसी) मा पर्ने देशहरु मध्ये पनि कतारमा सवै भन्दा धेरै आर्थिक बृद्धि भईरहेको बताएका हुन। 

गभर्नर थानीलाई उद्दृत गर्दै त्यहाँको समाचार संस्थाले कतारका छिमेकी देशहरुले नाकाबन्दी गरिरहेका बेलामा पनि तिब्र आर्थिक बृद्धि भईरहेको समाचार संप्रेषण गरेको छ ।

नाकाबन्दीपछि कतारले आर्थिक अवस्था खस्कन नदिन सतर्कता अप्नाएकाले बृद्धिदर तिब्र भएको जनाइएको छ। कतारले सन् २०१७ मा २.५ प्रतिशत कुल ग्राहस्थ उत्पादन हुने प्रक्षेपण गरेको केन्द्रीय बैंकले जनाएको छ ।

गभर्नर थानीका अनुसार आगामी बर्ष आर्थिक बृद्धिदर अझ बढ्ने छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१८ मा कतारको आर्थिक बृद्धिदर २.५ बाट बढेर ३.१ पुग्ने प्रक्षेपण गरेको छ। 

साउदी अरबको नेतृत्त्वमा बहराईन, इजिप्ट र युनाईटेड अरब इमिरेट्स् (युएइ)ले गत जुन ५ देखी कतारमाथि नाकाबन्दी लगाएपछी कतारको आर्थिक वृद्धिमा नकारात्मक प्रभाब पर्ने अनुमान गरिएको थियो। तर कतारले सबैलाई आश्चर्य बनाउदै आर्थिक वृद्धि हासिल गरेको रिपोर्ट सार्वजनिक गरेको हो।

साउदी लगायतका छिमेकी अरब राष्ट्रहरुले कतारले आतङ्कवादी र अतिवादीहरुलाई सहयोग गरेको, उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र इरानसँगको कुटनीतिक सम्बन्ध बलियो बनाउदै लगेको लगायतका आरोपमा नाकाबन्दी गरेका हुन। 

उनीहरुले नाकाबन्दी तोड्न कतार समक्ष १३ बुंदे सर्त राखेका छन्। जसमा इरानसँगको सम्बन्ध तोड्नु पर्ने, कतारमा रहेका टर्कीका सेनाहरु फिर्ता पठाउनु पर्ने, कतारद्वारा संचालित अलजजिरा बन्द गरिनुपर्ने लगायतका मागहरु मुख्य रहेका छन्।  

तर कतारले आफु माथि लगाइएको आरोपहरु अस्विकार गर्दै उनीहरुको सर्त मान्न नसक्ने बताउदै आएको छ। जसकारण कतार र साउदी नेतृत्त्वका अरब राष्ट्रबीच झन्डै ६ महिनादेखि सम्बन्धमा चिसोपन आएको छ भने कतारबिरुद्दको नाकाबन्दी यथावत छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved