पिएनबि घोटालाले सम्झाएको हिमालयन बैंकको 'कार्ड प्रकरण', एभरेष्ट बैंकमा कस्तो असर पर्ला ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 17, 2018 | 08:37:44 PM मा प्रकाशित

laxmi  sunrise bank

बिजपाटि टिप्पणी

भारतको पञ्जाव नेशनल बैंक (पिएनबी) मा भएको १ खर्ब ११ करोडको घोटाला सार्वजनिक भएपछि विश्वका बैंकहरु झस्किएका छन। एभरेष्ट बैंकको बिदेशी लगानीकर्ता (साझेदार) पीएनबिमा भएको अरबौंको घोटालाले सबैलाई झक्झकाएको छ।

एभरेष्ट बैंकमा पर्ने असर

बिदेशी लगानीकर्ताको रुपमा रहेको पीएनबिमा भएको अरबौंको घोटालाले एभरेष्ट बैंकमा पर्ने असर खोजिनुलाई सामान्य नै लिनु पर्ने जानकार बताउछन। पीएनबिमा बिगत ७ बर्षदेखि बैंककै कर्मचारीको मिलोमतोमा योजनाबद्ध रुपमा भएको यति ठुलो घोटालाले साझेदार बैंकमा भएको बैंकिङ संस्कारलाई झल्काउने स्वयम बैंकर बताउछन।   

यस घटनाले एभरेष्ट बैंकको नाफा-नोक्सानमा प्रत्यक्ष असर नपरेपनि बैंकको 'गुडविल' मा भने केहि नकरात्मक असर पर्ने विश्लेषण गरिएको छ। आरोपित निरब मोदीले घोटाला गरेको १ खर्ब ११ करोडले पीएनबिलाई आर्थिक रुपमा कति नोक्सानी हुन्छ त्यसको लेखाजोखा भविष्यमा हुनेनै छ तर पीएनबि 'डुब्दा' त्यसको दिर्घकालिन असर भने एभरेष्ट मा पक्कै पनि पर्नेछ। तर तत्काल देखिने असर भनेको पब्लिक सेन्टिमेन्ट मात्र भएको जानकारहरुको भनाई छ।

 नेपालको बैंकिङमा भएको घोटालाका केहि उदाहरण

एभरेष्ट बैंकमा के हुन्छ भन्ने भन्दा पनि नेपालका बैंकहरुले पनि यस घटनालाई 'सिकाई' को रुपमा लिनुपर्छ। पीएनबि घोटालालाई मिडियाहरुले  केहि समय अगाडी एनआईसी एसियाको सिफ्ट सिस्टम नै ह्याक गरि पैसा बाहिर लगिएको सन्दर्भसंग जोडेका छन। ताजा घटना भएकाले एनआईसी बैंकसंग जोडीएपनि प्रविधिको दुरुपयोग गरि भएको घोटालाको अनुभव नेपालमा भने पुरानो नै छ।

नेपालको बैंकिङमा भएका यस्ता घटनाहरुको लिस्ट लामो नै छ। तर स्विफ्ट ह्याक गरि एनआइएसी एसियाबाट पैसा बाहिरिएको कुराको 'मिडियाबाजी' धरै भएपनि यो घटना पनि स्विफ्टसंग जोडिएकाले समेत पीएनबि घोटालामा एनआईसीको नाम जोडिएको हुनसक्छ। तर एनआईसीमा प्रविधिको लुप होल प्रयोग गरिएको थियो भने पीएनबिमा कर्मचारी कै 'बदमासी' देखिएको छ।  

पीएनबि मा जस्तो घटना केहि समय अगाडी हिमालयन बैंकमा 'मास्टर कार्ड प्रकरण' घटेको थियो। जसरि पीएनबि मा कर्मचारीकै मिलोमतोमा यो घटनालाई 'अन्जाम' दिइएको छ, त्यसै गरि हिमालयन बैंकमा समेत त्यहाँकै कर्मचारीको मिलोमतोमा करोडौंको हिनामिना भएको थियो।

त्यस्तै हाल लुम्बिनी विकास बैंकको नाममा कारोबार भईरहेको एच एण्ड बि डेभलपमेन्ट बैंकको काठमाडौं कुलेश्वर शाखाबाट पीएनबि संग मिल्दो जुल्दो  घटना घटेको थियो।  

बैंकका शाखा प्रबन्धकले रकम नै नभएको खाताबाट गुड फर पेमेन्ट चेक जारी गरि बैंकलाई ८२ करोडको नोक्सान पुर्‍याएका थिए। बैंककै कर्मचारीको मिलेमतोमा गुड फर पेमेन्ट चेक काण्डमा ८२ करोड रुपैयाँ ठगी गरेको लगायतका प्रकरणले बैंकको छविनै बिग्रेकाले नाम नै परिवर्तन गरि कारोबार गर्नु परेको थियो।    

पीएनबि घोटालाले सिकाएका पाठ     

यस घटनाले मुख्य रुपमा दुई कुरा सिकाएको छ। पहिलो कुरा प्रविधि कहिल्यै पनि पूर्ण हुँदैन। दोस्रो कुरा प्रविधिको अपूर्णतालाई नै प्रयोग गरि 'गलत मनसाय' लाई अन्जाम दिइन्छ। 

यस घटनाले बैंकहरुलाई जनताको 'सम्पति' को सुरक्षालाई 'गार्ड दाइ' मात्र पर्याप्त छैनन अब यी सोचभन्दा माथि पुगेर प्रविधिको दुरुपयोगबाट हुन् सक्ने जोखिमलाई ध्यान दिनु आवश्यक छ भन्ने सिकाएको छ।    

बैंक तथा बित्तिय क्षेत्रमा साइवर थ्रेट बढ्दै गर्दा बैंकहरुलाई प्रविधिमा लगानी गर्न नसकेको आरोप लागेको छ। नेपालका बैंक वित्तीय संस्थाले प्रविधिमा लगानी गर्न कनजुस्याई गरेको आलोचकहरुको भनाई छ। नेपालका अधिकांश बैंकहरुले बिश्व परिवेशको तुलनामा आउटडेटेट भईसकेका सफ्टवेयर प्रयोग गर्दै आएको बताइन्छ।

सिस्टमलाई बाइपास गर्दा बर्षौं सम्मपनि बैंक भित्र 'गैर कानुनि' रुपमा कारोबार हुन्छ भन्ने ज्वलन्त उदाहरण हो पीएनबि घोटाला।  यो घोटाला २०११ देखि २०१८ सम्म चलिरह्यो र यत्तिका बर्षमा अरबौंको कारोबार भयो। 

बैंकिङ जोखिम र त्यसको व्यवस्थापन

व्यक्तिगत लाभका लागि प्रविधीकाे दुरूपयाेग हुनसक्छ । यसका लागि विशेषगरी बैंकहरू प्रविधि परिचालनका जिम्मेवार तथा त्यसकाे अनुगमन तथा  निरिक्षणका लागि जिम्मेवार अधिकारीले विशेष सतर्कता र ईमान्दारिता लिनुपर्ने हुन्छ ।

अझ नेपालजस्ताे प्रविधीकाे अायातकर्ता वा प्रयाेगमात्र गर्ने मुलुक जहाँ साईवर सुरक्षामा लगानी, अध्ययन र अनुसन्धान कम हुन्छ, त्यस्ताे अवस्थामा प्रविधिगत जाेखीम अझ बढी हुन्छ । तर यसाे भन्दैमा प्रविधीकाे प्रयाेगबाट टाढा रहन सकिदैन, संभावित जाेखिम पहिचान, विश्लेषण गर्दै हरसम्भव सुरक्षाका उपया अवलम्बन गर्दै जानू पर्छ । बैंकहरूले समयसमयमा साईवर सुरक्षाकाे अडिट, संलग्न जनशक्तिकाे नियमन गरिनुपर्छ ।

भविष्यमा हुने साइवर थ्रेटको जोखिमलाई रोक्नका लागि जनचेतना अभिवृद्धि गर्दै आवश्यक प्राविधिक शिक्षा प्रदान गर्नुपर्ने हुन्छ र पर्याप्त आवश्यक लगानी समेत गर्नुपर्छ। 

कसरि भएको थियो घटना 

पीएनबि घोटालामा बैंकको कर्मचारीको मिलोमतोमा सिस्टमलाई बाइपास गरेर पैसा बाहिर पठाइएको देखिएको छ। पीएनबि घोटाला भने  लेटर अफ क्रेडिट (एलसी) र त्यसलाई भूक्तानी दिन प्रयोग गरिने स्विफ्टसँग आधारित छ। यस घोटालामा देखिएको कारोबार दैनिक बैंकिङ ट्रान्जेक्सन प्रोसेस गर्ने (कोर बैंकिङ सिस्टम) लाई बाइपास गरि गरेको देखिएको छ। पीएनबिको कोर सिस्टम 'फिनाकल'मा पोस्ट नगरी सिस्टमलाई बाइपास गरि स्विफ्टबाट भुक्तानी गरिएको छ। 

नेपालमा विदेशबाट सामान आयात गर्नेले जो निर्यातकर्ता छ उसलाई पैसा तिर्नुपर्ने हुन्छ। यसका लागि आयातकर्तासंग यदि पैसा छैन या कुनै कारणले उसले क्रेडिट प्रियड या उधारोको समयको लाभ उठाउन चाहन्छ बैंक आयातकर्ताका लागि विदेश स्थित कुनै बैंकलाई 'लेटर अफ अन्डरटेकीङ' दिने गर्छ। 

जसमा फलानो निर्यातकर्तालाई फलानो कामको लागि गरिएको आयातका लागि एक निश्चित भुक्तानी गरिदिनु भनेर लेखिएको हुन्छ। एक बर्षपछी या कुनै निश्चित समयपछी उक्त भुक्तानी गरिएको पैसा ब्याज सहित भुक्तानी गर्नका लागि व्यवसायीसंग बैंकले सम्झौता गरेको हुन्छ। यो कुनै नौलो अभ्यास होइन। सामान्यतया अधिकांश बैंकहरुमा यस्तो हुने गर्छ। 

यदि पीएनबिले विदेशको बैंकलाई एलसी दिएको छ भने बिदेशी बैंकले पीएनबिको ग्यारेन्टिलाई आधार मानेर निर्यातकर्तालाई जति पैसा भुक्तानी गर्न भनिएको छ त्यति भुक्तानी हुन्छ। र त्यो भुक्तानी भएको पैसा तोकिएको अवधिपछि आयातकर्ताले पीएनबिलाई भुक्तानी गर्नुपर्छ र पिएनबिले पनि बिदेशी बैंकलाई उसले निर्यातकर्तालाई तिरेको पैसा भुक्तान गर्छ।     

यो सबै मामिला बैंकले सिस्टमबाट एलसी जारि गर्नुपर्नेमा बैंककै दुई कर्मचारीले चोर बाटोबाट नक्कली एलसी बनाएका छन। यी दुई कर्मचारीसंग एक स्विफ्ट सिस्टमको नियन्त्रण थियो। स्विफ्ट सिस्टम यस्तो अन्तराष्ट्रिय कम्युनिकेशन सिस्टम हो जसले संसार भरको सबै बैंकहरुलाई एक आपसमा जोड्ने काम गर्छ। त्यसैले पनि स्विफ्ट सिस्टमबाट प्राप्त आदेशलाई अर्को बैंकले बिश्वास गरि कारोबार गर्ने गर्छन।

पीएनबिमा कस्तो असर पर्छ ?

यो सबै घोटाला सिस्टमलाई बाइपास गरि कर्मचारीको मिलोमतोमा भएकाले यो त स्पष्ट छ कि जुन कारोबार भयो त्यसको लागि बैंकसंग कुनै बैंक सुरक्षा थिएन। कर्मचारीले आफुसंग भएको स्विफ्ट नियन्त्रणको अधिकारको दुरुपयोग गरि यो सबै घोटालालाई सम्भव बनाएकाले बैंक प्रत्यक्ष रुपमा यहाँ कतै संलग्न छैन। 

शंकाको घेरामा रहेका हिरा ब्यापारी निरब मोदीको कम्पनी र उनको सम्पतिलाई भारतको एजेन्सीहरुले जफत गर्न सकेको अवस्थामा बैंकलाई कम नोक्सानी हुनेछ। र बैंकका प्रबन्ध निर्देशक मेहताले पनि उनको सम्पति जफत गरि नोक्सानी भरपाई गर्ने बताईसकेका छन्। 

निरब मोदीले बैंकलाई केहि पैसा तत्काल भुक्तान गर्ने गरि चिठी पठाएको मेहताले सार्वजनिक गरेका छन। तर कति पैसा कसरि भुक्तान हुन्छ भन्ने बारे भने उनले केहि बताएका छैनन। 

तर उनको नियतमा यति धेरै इमान्दारी हुन्थ्यो भने यति ठुलो घोटाला गर्नुको साट्टो उनले साधारण तरिकाबाट नियम संगत ढंगबाट यो काम गर्थे। उनि ठुला व्यवसायी हुन भन्ने कुरा स्पष्ट भएको छ। निरब मोदी ग्लोबल सिटिजन भएको खुल्न आएको छ। उनको सम्पति पूरै बिश्वभर फैलिएको छ। त्यसैले उनलाई खोजेर उनको सम्पति जफत गरि पैसा असुल गर्न बैंकलाई त्यति सजिलो भने छैन। 

यदि केहि असुल भयो भने त्यसले बैंकको नोक्सानीलाई केहि कम गर्छ तर असुल हुन सकेन भने त्यति बराबरको रकम एनपीए अर्थात 'नन परफर्मिंग एसेस्ट' हुनेछ। सिधा अर्थमा पीएनबिको बैंक ग्यारेन्टि प्रयोग गरि निरब मोदीको घोटालाका कारण हुन गएको नोक्सानी बैंकको थाप्लोमा हुनेछ।

यो घोटाला सार्वजनिक भएलगत्तै बैंकको शेयर मुल्यमा समेत भारि गिरावट आएको छ। प्रति कित्ता १६० रुपैयाँमा खुलेको शेयरको मुल्य एकै दिन घटेर १४५ मा झरेको थियो। जस कारण बैंकका शेयरधनीलाई एकै दिन ४ हजार करोड नोक्सानी भएको छ।





      

 







Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved