आज पनि भारत पाकिस्तानबिच सीमामा गोली हानाहान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 04, 2016 | 12:13:57 PM मा प्रकाशित

laxmi  sunrise bank

 पाकिस्तानले जम्मू-कश्मीरको राजौरी जिल्लाको नौशेरा सेक्टरको  नियन्त्रण रेखामा आज फेरी संघर्ष विरामको उल्लंघन गर्दै गोली चलाएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । भरतीय रक्षा मन्त्रालयका प्रवक्ताले पाकिस्तानले आज बिहान ५ बजे ३ स्थानमा गोली चलाएको आरोप लगाएका हुन्। उनले पहिले पाकिस्तानी सेनाले साना हतियारले  फायरिंग गरेको र पछि मोर्टार प्रयोग गरी गोली हानेको बताएका छन्।

भारतीय सेनाले पनि समान हतियारले त्यसको जवाफ दिएको बताईएको छ   । गोली हानाहानमा कोहि  हताहत भएका छैनन् । पाकिस्तानले हिजो   पुंछ जिल्लामा नियंत्रण रेखामा जबर्जस्ति फायरिंग गरेको र ५ जना घाइते भएको र केहि पसल नष्ट भएको भरतीय मिडियाले जनाएका छन्। 

 भारतले पाकिस्तानमा गरेको  सर्जिकल स्ट्राइकपछि पाकिस्तानले संघर्ष विरामको उल्लघं गर्दै फायरिंग गरेको यो छैठौ पटक भएको भारतले दाबी गरेको छ   ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved