पाकिस्तानको प्रहरी तालिम केन्द्रमा हमला, ५७ सैनिकको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 25, 2016 | 01:24:22 PM मा प्रकाशित

laxmi  sunrise bank

पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा शहरमा रहेको प्रहरी तालिम केन्द्र भएको आक्रमणमा परी ५७ प्रहरीको मृत्यु भएको छ । ५-६ जनाको संख्यामा आएका हमलाकारीले केन्द्रमा पसेर सिधै फायरिंग सुरु गरेको बताईएको छ । हमलामा १०० भन्दा बढी सैनिक घाइते भएका छन् । प्रहरीको जवाफी कारबाहीमा   तीन जना हमलाकारीको मृत्यू भएको छ ।  

हमलाकारीले ६०० सैनिकलाई बन्धक बनाएका थिए । हमलाको समयमा तालिम केन्द्रमा ७ सय सैनिक रहेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

चरमपन्थी आक्रमणको जवाफी कारवाही चार घन्टासम्म चलेको र उक्त जवाफी कारवाही प्रहरी, फ्रन्टियर क्रप्स र आतंकवादविरोधी दस्ता पनि सहभागी भएको पाकिस्तानी सुरक्षा अधिकारीहरुले जनाएका छन् । सुरक्षाकर्मीहरुले हमलाकारीहरुको सम्बन्ध प्रतिबन्धित संगठन लश्कर-ए-झांगवीसँग भएको बताएका छन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved