अमेरिकामा दुई दशक यता कै शक्तिशाली भूकम्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2019 | 06:37:59 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा दुई दशकयताकै शक्तिशाली भूकम्प  गएको छ । लस एन्जलसबाट करिब अढाइ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगरमा केन्द्र बिन्दु भएर ६.४ म्याग्नेच्युड भूकम्प गएको हो । 

अमेरिकाको स्वतन्त्रता दिवसको दिन नै आएको उक्त भूकम्प सो क्षेत्रमा दुई दशक यताकै शक्तिशाली मानिएको छ।भूकम्पका कारण  रिजक्रेस्ट नगरमा उल्लेखनीय क्षति भएको छ। 

क्यालिफोर्नियाको गभर्नरको आपतकालीन कार्यालयका प्रवक्ता ब्र्याड एलेक्जाण्डरले रिजक्रेस्ट क्षेत्रमा खोज तथा उद्धारका टोली खटाइएको बताए।"यो अन्त्य नहुन सक्छ। सो क्षेत्रमा थप भूकम्पहरू आउन सक्छ त्यसैले त्यहाँ भएका सबैले सजग रहनु जरूरी छ," उनले भने। नगरका मेय पेग्गी ब्रिडेनले सीएनएनसँग कुरा गर्दै त्यहाँ आपतकालीन स्थितिको घोषणा गरिएको बताइन्।अमेरिकी भूगर्भ निकाय युएसजीएसका भूकम्पविद लुसी जोन्सले कैयौँ परकम्प आउन सक्ने बताइन्। तीमध्ये केही शक्तिशाली हुन सक्ने उनले बताइन्।

 सो भूकम्पको झट्का नेभादा राज्यको लास भेगाससम्म महसुस गरिएको थियो। साना परकम्प आइरहेका बिबिसीले जनाएको छ ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्थिति नियन्त्रणमा रहेको भन्दै ट्वीट गरेका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved