चट्याङमा परेर ३२ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2019 | 10:31:36 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको उत्तर प्रदेशमा आइतबार राति चट्याङमा परेर ३२ जनाको मृत्यु भएको छ । राज्यको अलग–अलग जिल्लामा चट्याङमा परि १३ जना घाइते भएका छन् । कानपुर र फतेहपुरमा सबैभन्दा धेरै ७/७ जनाको मृत्यु भएको छ । 

राजस्थानको झालावाडमा पनि महिलासहित ४ जनाको ज्यान गएको छ । पाली जिल्लामा २७ जना मजदुर घाइते भएका छन् । अविरल वर्षाबाट जोगिन रुखमुनि ओत लाग्दा चट्याङ परेर मृत्यु भएको बताईएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई ४/४ लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved