कङ्ग्रेस अध्यक्ष गान्धीको राजीनामा स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2019 | 07:10:23 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय कङ्ग्रेसले अध्यक्ष राहुल गान्धीको राजीनामा स्वीकृत गरेको छ । उनको राजनीमा स्वीकृतपछि गान्धीकी आमा सोनिया गान्धीलाई कङ्ग्रेसले अन्तरिम अध्यक्ष चुनेको छ । लोकसभा चुनाव २०१९ मा कङ्ग्रेले नराम्रो पराजय ब्यहोरेपछि राहुलले नैतिकताको आधारमा अध्यक्षबाट राजीनामा दिएका थिए । 

शनिबार बसेको कङ्ग्रेस कार्यसमितिको बैठकले राहुलको राजीनामा स्वीकृत गर्दै फेरि सोनियालाई नै अन्तरिम अध्यक्ष चुनेको हो । सोनिया भारतीय कांग्रेसमा सबैभन्दा लामो समयसम्म अध्यक्ष बनेकी नेतृ हुन् । अर्को अध्यक्ष नचुनिएसम्म अब पार्टीको नेतृत्व सोनियाले नै गर्ने भएकी छिन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved