इन्डोनेसियामा एकैदिन दजर्न बढी भूकम्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2019 | 01:12:26 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्डोनेसियाको दुर्गम मालुकु द्वीपमा शक्तिशाली भूकम्प गएको छ । बिहिबार स्थानीय समय अनुसार ८ः४५ बजे गएको ६.५ म्याग्नीच्यूडको भूकम्पमा परी हालसम्म एक जनाको मृत्यु भएको छ । 

इन्डोनेसियाली उद्धार संस्थाले जनाए अनुसार अन्य केही व्यक्ति घाइते पनि भएका छन् । करिब चार लाख मानिसको बसोबास रहेको आम्बोन शहरमा घाइतेको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । 

अमेरिकी भूगर्भ विभागले मालुकु प्रान्तको आम्बोन शहरबाट ३७ किलोमिटर उत्तरतर्फ केन्द्र बनाएर भूकम्प गएको जनाएको छ । इन्डोनेसियाली भूगर्भ विभागले मुख्य भूकम्पपछि ५.६ म्याग्नीच्यूडसहितका एक दर्जन पराकम्प गएको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved