अनलाईन गेम खेल्न प्रतिबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2019 | 01:03:44 PM मा प्रकाशित

laxmi  sunrise bank

चीनले १८ वर्ष भन्दा मुनिका किशोरहरूलाई भिडियो गेम खेल्न प्रतिबन्ध लगाएको छ । अनलाइन भिडियो गेमको लत छुटाउन चीनले यस्तो कदम चालेको हो । 

चीन सरकारले आधिकारिक रुपमा निर्देशन नै जारी गरिसकेको छ । अब चीनमा १८ वर्षमुनिका किशोरहरूले राति १० बजेदेखि बिहान ८ बजेसम्म भिडियो गेम खेल्न पाउने छैनन् । सोमवारदेखि शुक्रवारसम्म उनीहरूले ९० मिनट मात्र खेल्न पाउनेछन् भने सप्ताहान्त र सार्वजनिक बिदाका बेलामा उनीहरूले तीन घन्टासम्म खेल्न पाउनेछन् । आठदेखि १६ वर्षसम्मका गेमरहरूले प्रतिमहिना २०० युआन मात्र खर्च गर्न पाउँने गरि नियम बनाईएको छ । १६ देखि १८ वर्षसम्मका किशोरका लागि ४०० युआन अधिकतम खर्च सीमा तोकिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved