१८० सवार युक्रेनको विमान दुर्घटनामा कोहि जीवित छैन: इरानी मिडिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2020 | 12:09:05 PM मा प्रकाशित

laxmi  sunrise bank

एक सय ७६ जना सवार युक्रेनको अन्तराष्ट्रिय विमान इरानको तेहरानको इमाम खामेनी विमानस्थल नजिक दुर्घटना भएको छ। उडान भर्ने बित्तिकै दुर्घटना भएको विमानमा सवार सबैजनाको मृत्यु भएको इरानको सरकारी टेलिभिजनले जनाएको अलजजिराले जनाएको छ।

इरानको मिडियाकाअनुसार युक्रेनको बोइंग ७३७-८०० विमान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने बित्तिकै दुर्घटना भएको हो। उक्त विमान युक्रेनको राजधानी किएभको लागि उडेको बताइएको छ । 

इरानको रेड क्रेस्सेन्टले सो दुर्घटनामा यात्रु तथा चालक दल सदस्य जीवित फेला पर्ने सम्भावना नरहेको बताएको थियो। सामाजिक संजालमा साझा गरिएका तस्विरहरुले समेत विमानमा सवार कुनै पनि यात्रु जीवित नरहेको इंकित गरेको थियो। यसअघि अन्तराष्ट्रिय संचार माध्यमले विमानमा १८० जना यात्रु सवार रहेको बताएका थिए।  

“विमानमा आगो लागेको छ र हामीले उद्धारकर्मीहरू त्यसतर्फ पठाएका छौँ, हामीले केही यात्रुहरूलाई बचाउन सक्ने पनि हुन सक्छ,“ इरानको आपतकालिन सेवाका प्रमुख पिरहोसेन कोउलीभान्डले सरकारी टेलिभिजनमा बताएका रोयटर्स समाचार एजेन्सीले जनाएको छ। सो दुर्घटना इरान अमेरीका तनावको हिस्सा भएको अथवा नभएको एकिन नभएको बताइएको छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved