कोरोना सङ्क्रमितको सङ्ख्या चीन र इटलीभन्दा अमेरिकामा धेरै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2020 | 09:26:19 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाभाइरस सङ्क्रमणका पछिल्ला आँकडा अनुसार अब सबभन्दा धेरै सङ्क्रमितको सङ्ख्या अमेरिकामा पुगेको छ। जन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या ८५ हजार ५ सय ९४ पुगेको छ। चीनमा कुल सङ्क्रमितको सङ्ख्या ८२ हजारभन्दा कम छ भने इटलीमा ८० हजार ५ सय छ।

विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाख ३२ हजार नाघेको छ। इटलीमा दुई दिनको तुलनामा फेरि मर्नेहरूको सङ्ख्या बढेको छ। त्यहाँ पछिल्लो एक दिनमा ७१२ जनाको ज्यान गएको छ। फ्रान्समा एक दिनमा ३६५ जनाको ज्यान गएको छ भने युकेमा पनि एकै दिनमा पहिलो पटक एक सयभन्दा धेरैको ज्यान गएको छ।

संसारका १९९ भन्दा बढि देशमा यो रोग फैलिसकेको छ भने २४ हजार बढी मानिसको ज्यान गइसकेको छ। इटालीमा सबै बह्न्दा धेरै ८ हजार २ सय १५ ले ज्यान गुमाएका छन् भने स्पेनमा ४ हजार ३ सय ६५ ले ज्यान गुमाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved