कोरोना लागेका १०१ वर्षे बृद्ध निको भएर घर फर्किए, जिते दोस्रो महामारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2020 | 11:26:28 AM मा प्रकाशित

laxmi  sunrise bank

इटालीमा एक १०१ वर्षे बृद्ध कोरोना भाइरस बिरुद्दको लडाई जितेर घर फर्किएका छन् । कोरोनाको संक्रमणपछि अस्पताल भर्ना भएका ति बृद्ध उपचारपछि निको भएर बिहिबार घर फर्केका हुन् 

इटालीयान संचार माध्यमहरुले उनको नाम मिस्टर पी मात्र उल्लेख गरेका छन् । गत हप्ता उनी रिमिनी अस्पतालमा भर्ना भएका थिए 

उनले दोस्रो महामारीलाई परास्त गरेका हुन् । उनी जन्मेकै वर्ष सन् १९१९ मा स्पेनिस फ्लु नामको माहामारी फैलिएको थियो । उक्त फ्लुबाट त्यससमय विश्वको एक तिहाई जनसख्या संक्रमण गरेको बताईएको छ । स्पेनिस फ्लुलाई जितेका उनले अहिले कोरोना भाइरसको माहामारीलाई पनि परास्त गरेका हुन्  

कोरोनाबाट मृत्यु हुनेमा अधिकाशं ६० वर्ष भन्दा बढीका मानिस रहेकोमा १०१ वर्षे यी बृद्धले स्वास्थ्यलाभ पाउनुलाई चमत्कारिक रुपमा हेरिएको छ  । यस अघि चीनको वुहानमा पनि यस्तै घटना भएको थियो  । त्यहाँ कोरोना लागेकी १०३ वर्षे बृद्धा उपचारपछि निको भएर घर फर्किएकी थिइन्  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved