भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ३२ हजार ४२४ पुगेको छ । जसमध्ये ११ हजार ५०२ जना गएको २४ घण्टामा थपिएका नयाँ संक्रमित हुन् ।
भारतमा पछिल्लो २४ घण्टामा ३२५ जना संक्रमितको मृत्यु भएको छ । यससंगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या हालसम्म नौ हजार ५२० पुगेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
त्याहाँ एक लाख ६९ हजार ७९८ जना संक्रमित निको भएर घर पर्किएका छन् ।