कतार एयरलाइन्सका सीईओले भने,'हामि बिरुद्द प्रतिबन्ध लगाउने देशहरुलाई कारबाही गरियोस'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 13, 2017 | 01:19:03 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारी राष्ट्रिय ध्वजावाहक कतार एयरलाइन्सले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनलाई कतार एयरलाइन्स बिरुद्दको कदमलाई गैरकानुनि घोषणा गर्न माग गरेको छ।

कतार एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले कतारी एयरलाइन्स बिरुद्द गरिएको बन्दिको उपायलाई अबैध घोषणा गर्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनलाई आग्रह गरेका हुन । 

साउदी अरब नेतृत्त्वमा संयुक्त अरब इमिरेट्स, बहराइन, इजिप्टले कतार एयरलाइन्सलाई त्यहाँको हवाई रुट प्रयोग गर्न रोक लगाएको करिब १ हप्तापछी कतार एयरलाइन्सका सीईओले सार्वजनिक रुपमा यस प्रकारको कार्यलाई अबैध घोषणा गर्नु पर्ने बताएका हुन। 

साउदी नेतृत्त्वमा ६ अरब राष्ट्रले कतारसंगको राजनीतिक तथा कुटनितिक सम्बन्ध बिच्छेद घोषणा गरेसंगै यसबाट कतार एयरलाइन्स प्रत्यक्ष रुपमा प्रभावित भएको छ। कतारसंग सिमाना जोडिएको साउदी सहितका देशहरुले कतार एयरलाइन्सलाई त्यहाँको हवाई रुट प्रयोगमा रोक लगाएसंगै त्यस क्षेत्रको हवाई उडान प्रभावित भएको छ।

साउदी अरब नेतृत्त्वमा संयुक्त अरब इमिरेट्स, बहराइन, इजिप्टले कतार एयरलाइन्सलाई त्यहाँको हवाई रुट प्रयोग गर्न बन्देज लगाएसंगै कतार एयरलाइन्स व्यवसाय प्रभावित बनेको छ भने अर्को लामो रुट प्रयोग गर्दा खर्चिलो बनेको छ। 

'साउदी अरब नेतृत्त्वमा संयुक्त अरब इमिरेट्स, बहराइन, इजिप्टले कतार एयरलाइन्स बिरुद्द गरेको अन्याय , गैरकानुनि नाकाबन्दी बिरुद्द हाम्रा मित्र राष्ट्रहरुले आवाज उठाउनेमा म आशाबादी छु' सीईओ अकबरले भने।         


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved