डोनाल्ड ट्रंपले फेरी भने 'हामी मेक्सिकोको सीमामा पर्खाल लगाएर छाड्छौ'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 24, 2017 | 11:45:27 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोलाई संसारको हिंसाजन्य देशमध्येको दोस्रो ठूलोको संज्ञा दिएका छन्  । उनले शुक्रबार आफ्नो ट्वीटर एकाउन्टमा भनेका छन् – मेक्सिको सिरियापछिको दोस्रो ठूलो हिंसाजन्य देश हो । यहाँ बर्षेनी हजारौँ नागरिक मारिन्छन् ।

मेक्सिकोमा लागू औषधका कारण वर्षेनी त्यतिधेरै सङ्ख्यामा नागरिकको ज्यान जाने गरेको भन्दै उनले अमेरिकाले त्यसैले पनि मेक्सिकोको सीमानामा पर्खाल निर्माण गर्ने बताएको सो ट्वीटरमा व्यक्त गरेका छन् । उनले भनेका छन्– हामीले पर्खाल लाउँछौँ, कुनै पनि हालतामा हामीले सीमामा पर्खाल ठडाउँछौँ ।

हालै लन्डनबाट सम्प्रेसित एक रिपोर्टमा मेक्सिको सिरियापछिको सबैभन्दा धेरै मानिस मारिने देशका रुपमा सन् २०१६ मा आएको जनाइएको थियो । राष्ट्रपति ट्रम्पले त्यसैका आधारमा सो ट्वीट गरेको बताइएको छ । यस भनाईपछि मेक्सिकोको भने कुनै प्रतिक्रिया आएको छैन । एएफपी

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved