फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 06, 2017 | 06:10:59 PM मा प्रकाशित

laxmi  sunrise bank

फिलिपिन्समा बिहीबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले बिहीबार सो जानकारी दिएको छ ।

फिलिपिन्सको पस्ट्रानाबाट छ किलोमिटर दक्षिणपश्चिममा पर्ने इलाकामा भूकम्पको केन्द्रविन्दु भएको जनाइएको छ ।

तर यस समाचारको विस्तृत विवरणलगायत भूकम्पबाट भएको मानवीय र अन्य संरचनाको क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन । उद्वारकार्य जारी रहेको र क्षति भएको भएमा थप विवरण केही क्षणमा प्राप्त हुने प्रहरीले जनाएको छ ।

विश्वका अन्य देशको तुलानामा फिलिपिन्स बारम्बार भूकम्प जाने गर्दछ । यो पछिल्लो भूकम्प पनि शक्तिशाली रहेको बताइएको छ ।

यसैबीच प्राप्त अर्काे एक समाचारमा उक्त भूकम्पपछि सुनामीको खतरा भने नरहेको सार्वजनिक सूचना जारी गरिएको छ । रासस/सिन्ह्वा

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved