Announcement IPO Result
CLOSE


बिजपाटी सम्बाददाता     Feb 05, 2019 | 01:57:57 PM



united ciment ruslan ruslan

युनिभर्सल पावर कम्पनीले माघ २५ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्दै छ । स्थानीयलाई शेयर निष्काशन गरेर बाडफांड गरी सकेपछि कम्पनी कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले स्थानीयको लागि २१ लाख ३ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो । सो मध्ये बिक्रि नभएको १७ लाख ६६ हजार १ सय ५० कित्ता समेत थपेर सर्वसाधारणलाई ९३ लाख २७ हजार ४ सय १० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन हुन् लागेको हो । जस मध्ये १ लाख ८६ हजार ५ सय ४८ कित्ता शेयर कर्मचारीको लागि छुट्याइएको छ भने ४ लाख ६६ हजार ३ सय ७० कित्ता सामुहिक लगानी कोषको लागि रहेको छ । बाँकि रहेको ८६ लाख ७४ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदन दिनको लागि छिटोमा माघ २९ गते र ढिलोमा फागुन २६ गतेसम्मको म्याद तोकिएको छ ।  आवेदकले न्युनतम ५० कित्ता देखि अधिकतम ५० लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् । सम्पूर्ण आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत अनलाइन पनि आवेदन दिन सकिने छ।    कम्पनीको बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटल रहेको छ । कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । यसले कम्पनीको आधारभुत पक्ष औसत भन्दा तल रहेको देखाउछ ।  कम्पनीले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ । 

यसै सिलसिलामा कम्पनीको अवस्था, आयोजनाको कार्य प्रगति, कम्पनीको लाभांश क्षमता, भावी योजना र हाइड्रोपावरको विविध पक्षबारे बिजपाटी डटकमले कम्पनीका प्रबन्ध संचालक बिनय कुमार भण्डारीसंग कुराकानी गरेको छ । 

हेर्नुस कुराकानी । 



Loading...

Share your thoughts!

बिजपाटी सम्बाददाता












Close in 7