लगानी सम्मेलन : पाँच दर्जन देशबाट सहभागिता सुनिस्चित, सोकेशमा १५० आयोजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2024 | 07:59:04 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबारदेखि सुरु हुन लागेको दुईदिने लगानी सम्मेलनका लागि एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ। स्वदेश तथा विदेशगरि दुई हजार भन्दा बढीलाई निम्तो दिईएकोमा एक हजार ६ सय भन्दा बढीको सहभागिता सुनिस्चित भएको लगानी बोर्डले जनाएको छ।  

लगानी बोर्ड कार्यालयकोअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो। जसमा  विभिन्न ५५ देशका  लगानीकर्ता सम्मेलनका लागि आउँदैछन्। नेपालबाट भने तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ। 

त्यसैगरी, चीनका दुई सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी हुँदैछन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ नौ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ । पाकिस्तानबाट आठ, सिङ्गापुरबाट ६, कतार र घानाबाट पाँच-पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार-चार जनाको सहभागिता रहने जनाइएको छ ।

त्यसैगरी, स्विजरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलंका र कोलम्बियाका तीन-तीनजना सम्मलेनका लागि नेपाल आउँदैछन् । फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट दुई-दुईजना सम्मेलनमा सहभागी हुने सुनिश्चित भएको छ । 

त्यसैगरी, इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको र साइप्रसबाट पनि सम्मेलनमा सहभागिता रहने छ । आयरल्यान्ड, स्लोभेनिया, भियतनाम, बोस्निया, मोरक्को, टर्की, भानुआटु, मौरिटानिया र हङकङबाट पनि सम्मेलनका सहभागी हुने सुनिश्चित भएको छ। 

आइतबारदेखि काठमाडौँमा आयोजना हुने उक्त सम्मेलनका लागि एक सय ५० आयोजना सोकेसमा राखिँदैछन भने सम्मेलनस्थलमा २३ प्रदर्शनी कक्ष (स्टल) राखिनेछन्। सम्मेलनका क्रममा विभिन्न १९ परियोजनाका लागि आशयपत्र आह्वान गर्न लागिएको छ । आशयपत्र आह्वान गरिने, सोकेस गरिने, मार्केट साउन्डिङ गरिने र निजी क्षेत्रबाट गरी कूल एक सय ५० परियोजना प्रस्तुत हुनेछन् । 

लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र रहेका छन्। त्यस्तै, दोस्रो दिन ११ समानान्तर सत्र सञ्चालन हुनेछन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानीसम्मेलनको उद्घाटन गर्नेछन् भने सत्ता साझेदार प्रमुख दल नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको समापन गर्नेछन।  भोलिदेखि सुरु हुने लगानी सम्मेलन नेपालको लागि तेस्रो लगानी सम्मेलन हो। यसअगाडी पहिलो लगानी सम्मेलन सन् २०१७ मा भएको थियो भने दोस्रो लगानी सम्मेलन २०१९ मा भएको थियो। 

सरकारले प्रस्तुत गरेका मुख्य परियोजना

सरकारले बोलपत्र आह्वान गरेका परियोजनामा पोखरा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र परियोजना, चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुत मार्ग परियोजना, जानकी हेरिटेज होटल एन्ड कल्चरल भिलेज परियोजना, धुलिखेल मेडिसिटी परियोजना, बबरमहल प्रशासनिक प्लाजा परियोजना, सुदूरपश्चिम सार्वजनिक यातायात परियोजना, दैजी औद्योगिक क्षेत्र विकास परियोजना, धौवादी फलाम खानी परियोजना लगायत छन्।

अध्ययन सम्पन्न भइसकेका विभिन्न ऊर्जा परियोजनाहरू समेत सरकारले बोलपत्र आह्वान गरेको सूचीमा छन्। ती नौमुरे बहुउद्देश्यीय जलविद्युत परियोजना (२८१.०४ मेगावाट), कालिगण्डकी २ जलाशययुक्त जलविद्युत परियोजना (५०० मेगावाट), भारभुंग जलाशययुक्त जलविद्युत परियोजना (३३७.१ मेगावाट), खिम्ती ठोसे जलाशययुक्त जलविद्युत परियोजना (१,२१६ मेगावाट) छन्।

त्यसबाहेक सम्मेलनमा तालुकदार निकायले आशयपत्र जारी गर्नको लागि स्वीकृतिका लागि कार्यान्वयन समितिलाई सिफारिस गरेका परियोजनामा ३४.९३ मेगावाटको महादेव खोला जलाशययुक्त खानेपानी आयोजना (खानेपानी मन्त्रालय), १० मेगावाटको कर्णाली चिसापानी वायु ऊर्जा परियोजना (ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय), ६१.०२ मेगावाटको हुम्ला कर्णाली जलविद्युत परियोजना (ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय), ५३.८५ मेगावाटको अपर चमेलीका जलविद्युत परियोजना (ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय), पाँचखाल सेज (विशेष आर्थिक क्षेत्र प्राधिकरण), ३० मेगावाटको कवाडी खोला जलविद्युत परियोजना (ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय), ४०.२० मेगावाटको टोम डोगर बूढीगण्डकी जलविद्युत परियोजना (ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय), ३४.९३ मेगावाटको सुपर बूढीगण्डकी जलविद्युत परियोजना (ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय) छन्।

लगानीकर्ताका धारणा खोजिएका र अध्ययनहरू विस्तृत अध्ययनहरू गर्न खोजिएका परियोजनामा सिस्नेरी खानेपानी आयोजना, मलेखु-लोथर सडक र सुरुङ्ग मार्ग आयोजना, दाउन्ने खण्ड सडक सुरुङ्ग मार्ग आयोजना, खप्तड एकीकृत पर्यटन विकास परियोजना, मिर्चैया-कटारी-घुर्मी सडक आयोजना, धरान लेउती सडक सुरुङ्ग मार्ग आयोजना र शक्तिखोर औद्योगिक क्षेत्र विकास परियोजना रहेका छन्।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved