माउन्टेन हाइड्रोलाई आईपिओ निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2019 | 02:58:37 PM मा प्रकाशित

laxmi  sunrise bank

माउन्टेन हाइड्रो नेपाल लिमिटेडले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले फागुन १ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो । 

अब कम्पनीले १८ करोड १६ लाख ११ हजार १८ लाख १६ हजार १ सय १० कित्ता शेयर निष्काशन गर्ने छ । यसमा स्थानीयलाई निष्काशन गर्दा बिक्रि नभएको ५ लाख ६६ हजार १ सय १० कित्ता समाबेश रहेको छ ।  कम्पनीको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । 

कम्पनीले यस अघि पहिलो चरणमा  असार २२ देखि  आयोजना प्रभावीत स्थानीयबासीका लागि १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपिओ निष्कासन गरेको थियो । आइपिओमा कुल ६ लाख ८३ हजार ८ सय ९० कित्ताको लागि मात्र आवेदन परेको  थियो । बिक्रि नभएको बाँकि शेयर पनि थपेर सर्वसाधारणलाई शेयर निष्काशन गर्न लागिएको हो।  

कम्पनीले पाँचथरको फिदिम गाविसमा २१.६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved