एकै समयमा २ कम्पनीको आईपिओ, स्पर्श लघुवित्तको फागुन २६ देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2019 | 08:30:44 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पर्श लघुवित्तले फागुन २६ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ ।  कम्पनीले २ लाख ६९ हजार ६ सय ३० कित्ता आईपिओ निष्काशन गर्न लागेको हो  । जस मध्ये ४ हजार १ सय ४८ कित्ता कर्मचारीलाई , १३ हजार ४ सय ८२ कित्ता सामुहिक लगानी कोषलाई बाँडफांड गरिसकिएको कम्पनीले जनाएको छ । बाँकि रहेको २ लाख ५२ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

कम्पनीको शेयर बिक्रिको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १३ सय ४० कित्ताको लागि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यस आईपिओमा छिटोमा फागुन २९ र सो समयसम्म सबै शेयर बिक्रि नभएमा ढिलोमा चैत्र २५ गतेसम्म आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई फागुन ३ गते शेयर निष्काशन गर्न अनुमति दिएको हो । 

 कम्पनीले सुरुमा २ करोड ४० लाख रुपैंया वरावरको २ लाख ४० हजार कित्ता साधारण शेयर निष्काशनको माग गरेको थियो । तर पछि कम्पनीले त्यसमा २९ हजार ६ सय ३० कित्ता थप गरी कुल २ लाख ६९ हजार ६ सय ३० कित्ता आईपिओ निष्काशनको अनुमति मागेको थियो ।   

  हाल वित्तिय संस्थाको चुक्ता पूँजी रु. ५ करोड ६० लाख रहेको छ भने यस सार्वजनिक निष्काशन पश्चात वित्तिय संस्थाको चुक्ता पूँजी रु. ८ करोड २९ लाख हुनेछ । पोखरा महानगरपालिकामा मुख्य कार्यालय रहेको यस लघुवित्तले १० वटा जिल्लामा १५ वटा शाखा मार्फत करिब ६५०० सदस्यलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ । स्पर्सको संस्थापकहरुमा  जनता बैंक , टुरिजम डेभलपमेन्ट बैंक तथा ७५ जना व्यवसायिक र प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन्  । 

उता माउन्टेन हाइड्रोले फागुन २३ गतेदेखि आईपिओ निष्काशन गर्ने जनाएको छ । यस हिसाबमाले एकै समयमा २ कम्पनीको आईपिओ आउँन लागेको हो ।

माउन्टेन हाइड्रोले फागुन २३ देखि गतेदेखि आईपिओ निष्काशन गर्ने

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved