सबैको लघुवित्तले माग्यो आईपिओ निष्काशनको अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2019 | 04:42:40 PM मा प्रकाशित

laxmi  sunrise bank

सबैको लघुवित्तले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ  ।  कम्पनीले चैत्र २४ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता आईपिओ निष्काशनको अनुमति माग गरेको हो ।  शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।  

आईपिओ निष्काशन गर्न लागेको सबैको लघुवित्तले ग्रेड ४ को रेटिंङ पाएको छ । इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंङ प्रदान गरेको हो । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा कमजोर रहेको दर्शाउछ ।

लघुवित्तले चालू आर्थिक बर्षको दोस्रो त्रैमासमा १ करोड २० लाख खुद मुनाफा आर्जन गरेको छ।  तनहुँको बन्दीपुर डुम्रेमा केन्द्रीय कार्यालय स्थापना गरि २०७४ आषाढ ३० गतेबाट कारोवार सुरु गरेको सबैको लघुवित्तले हालै सम्पन्न दोस्रो बार्षिक साधारणसभाबाट यहि आर्थिक बर्षमा आइपीओं जारी गर्ने निर्णय गरेको हो।  यस आर्थिक बर्षको दोस्रो त्रैमाससम्म लघुवित्तले २२ जिल्लामा रहेका आफ्ना ३३ वटा शाखाहरु मार्फत् २१,६१० जना ग्राहक सदस्यहरुलाई सेवा उपलब्ध गराउदै आएको छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved