लिबर्टीको आईपिओ फागुन २७ देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2020 | 10:46:13 AM मा प्रकाशित

laxmi  sunrise bank

 लिबर्टी ईनर्जी कम्पनीले फागुन २७ गतेदेखि आयोजना प्रभावित स्थानीयवासीको लागि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानियलाई १५ लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो । कम्पनीले अति प्रभावित, कम प्रभावित र प्रभावित गरी ३ तहमा आईपिओ निष्काशन गर्न लागेको हो । 

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । आईपिओमा छिटोमा चैत्र ११ र ढिलोमा चैत्र २६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । आईपिओ निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

आवेदन दिन सकिने केन्द्र : 


 कम्पनीले नेपाल धितोपत्र बोर्डबाट सर्वसाधारण र स्थानीयलाई गरी ३७ करोड ५० लाख रुपैयाँको ३७ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो  । कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । इक्रा नेपालले कम्पनीलाई ग्रेड ४ को रेटिंग प्रदान गरेको हो । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा तल रहेको दर्शाउछ  । शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। 

कम्पनीले  कम्पनीले लमजुङ जिल्लास्थित २५ मे.वा.को दोर्दी “ए” जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । त्यस्तै कम्पनीद्वारा प्रवद्र्धित बाग्लुङ जिल्लास्थित बडीगाड खोलामा २१ मे.वा. क्षमताको बडिगाड खोला जलिविद्युत आयोजना र लमजुङ जिल्लास्थित लोदोखोलाबाट १.७३ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको सम्भाव्यता अध्ययन कार्य आगामी १ भित्रमा सम्पन्न गर्नेगरी सर्भेक्षण कार्य अघि बढाएको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved