५ लघुवित्तसहित ११ कम्पनी समयमै लाभांश खुवाउन असफल, साधारणसभा कहिले ? (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2020 | 10:48:19 AM मा प्रकाशित

laxmi  sunrise bank

सेयरबजारमा सुचिकृत दर्जन कम्पनीहरुले लाभांश घोषणा गरेपनि समयमै साधारणसभा गर्न असफल भएका छन्। सामान्यतया गत आर्थिक बर्षको कमाईबाट घोषणा गरेको लाभांश वितरण गर्नलाई कम्पनीहरुले पुष मसान्तभित्र नै साधारणसभा सक्ने अभ्यास रहेको छ। 

तर सुचिकृत ११ वटा कम्पनीहरुले चालु आर्थिक बर्ष सकिन ४ महिना बाँकी रहँदासम्म बार्षिक साधारणसभा समेत गर्न सकेका छैनन्। यसरी समयमै बार्षिक साधारणसभा गर्न नसक्नेमा लघुवित्त ५ लघुवित्त, २ बिकास बैंक, ३ इन्स्योरेन्स कम्पनी र साल्ट ट्रेडिङ छन्।

कम्पनीहरुले पुष मसान्तसम्म बार्षिक साधारणसभा गर्न नसक्दा कम्पनी ऐनअनुसार उनीहरुलाई केहि आर्थिक जरिवाना हुनेगर्दछ। तर उनीहरुले तिर्ने जरिवाना भन्दा पनि उनीहरुले घोषणा गर्ने लाभांश पाउने अपेक्षामा उनीहरुको सेयरमा लगानीगर्नेहरु भने बढी मारमा पर्ने गर्दछन। 

जनसेवी लघुवित्तसँग मर्जरमा रहेकाले बार्षिक साधारणसभामा ढिलाई भएको कालिका लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले बिजपाटीलाई बताए। उनकाअनुसार कालिकाले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भईसकेपनि जनसेवीसँगको एकीकृत कारोबार पश्चात संयुक्त लाभांश दिने तयारी भएकाले पुर्व घोषित लाभांशमा केहि संसोधन हुन् सक्नेछ। 

त्यस्तै सिभिल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बिनोद आचार्यले हकप्रदको बिषयले साधारणसभामा ढिलाई भएको बताए। उनकाअनुसार लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भईसकेको छ।  हकप्रद निष्काशनको प्रकृया अन्तिम चरणमा रहेकाले प्राविधिक बिषय मिलाउँदा साधारणसभामा ढिलाई भएको हो। महिनादिन भित्रै साधारणसभा सम्बन्धि सूचना दिने तयारि रहेको उनले बताए। 

गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराइले भने बीमा समितिबाट ब्यालेन्स सिट पास नभएकाले साधारणसभा डाक्न ढिलाई भएको बताएका छन्। सामान्यतया बीमा समितिबाट ब्यालेन्स सिट पास भएपछिमात्र लाभांश घोषणा गर्ने अभ्यास छ। 

सिभिल लघुवित्त र कालिका लघुवित्तले लाभांश घोषणा गरेको पाँच महिनासम्म पनि साधारण सभाको कुनै सूचना दिन सकेका छैनन् भने अन्य ९ कम्पनीहरुले कात्तिकदेखि पुससम्म लाभांश घोषणा गरेर हालसम्म साधारण सभा बोलाएका छैनन्  । 

कम्पनी ऐनमा भएको व्यवस्था अनुसार चालू आर्थिक वर्षको ६ महीना अर्थात् पुुस मसान्तभित्र वार्षिक साधारणसभा गरिसक्नुपर्ने छ । सो व्यवस्था अनुसार ११ कम्पनीहरुले भने साधारण सभा सम्पन्न गर्न सकेनन । ऐनमा भएको थप व्यवस्था अनुसार पुस मसान्तसम्म साधारण गर्न नसक्ने कम्पनीहरुले चैत मसान्तसम्म पनि साधारण सभा नगरे कम्पनी रजिष्ट्रार कार्यालले आफै साधारण सभा गर्नको लागि निर्देशन दिन सक्नेछ । पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने कम्पनीहरुले साधारणसभा गर्न नसकेको कारण खुलाउन पर्ने व्यवस्था समेत रहेको छ । तर यि कम्पनीहरुले हालसम्म सभा गर्न नसक्नुको कुनै कारण खुलाएका छैनन् । 

वार्षिक साधारणसभाका लागि गर्नको लागि २१  दिनअगाडि साधारणसभा हुने ठाउँ, मिति, छलफल गर्ने विषय प्रस्ट उल्लेख गरी सूचना दिनुपर्ने कानूनी व्यवस्था छ । हालको मितिसम्म यि कम्पनीहरुले सभाको सूचना नदिएकाले फागुनमा पनि यि कम्पनीको सभा नहुने देखिन्छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved