कतार जानेसँग ६ लाख असुल्ने कर्मचारी पक्राउ, मालिक फरार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2019 | 10:20:05 PM मा प्रकाशित

laxmi  sunrise bank

कतार प्रहरीको लागि ६ लाख तिरेर गएका दुई युवा मेडिकल फेल भएर फर्केपछि म्यानपावरकी कर्मचारी पक्राउ परेकी छन। यी दुई युवाहरु नेपालमा मेडिकल पास भएर गए पनि कतारमा फेल भएको भन्दै नेपाल फर्काइएको अनुसन्धानले देखाएको छ। 

तर उनीहरु फर्किएपछि नेपालमा पुन: मेडिकल गर्दा उनीहरुमा समस्या नदेखिएको ईवान मेडिकलका सञ्चालक खेमराज अधिकारीले बताए। उनीहरुको पाटन, त्रिवि शिक्षण, प्रहरी र वीर अस्पतालमा पनि स्वास्थ्य परीक्षण गराएको अधिकारीले बताए। अन्य अस्पतालले समेत उनीहरुमा समस्या नभएको बताएका छन्। 

कतार जाने क्रममा मेडिकल पास भएर गएपनि फेल भएको भनेर फर्काइएकाले कतार प्रहरीमा लैजाने क्रममा नै नेपालमै गडबढी गरिएको आशंका गरिएको छ। सम्भवत उनीहरुलाई कतार प्रहरी भनेर अरु नै कामको लागि ६ लाख लिएर कतार लगिएको हुन सक्ने आशंका गरिएको छ। 

दुई युवाको उजुरीपछि प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले शिखर इन्टरनेशनल म्यानपावरकी सञ्चालक पद्मा जोशीलाई पक्राउ गरेको महाशाखाका प्रवक्ता एसपी केदार ढकालले जानकारी दिए।

कतार जाने श्रमिकसँग बढीमा १० हजार रुपैयाँ लिन पाउने भएपनि म्यानपावर कम्पनीले ६ लाख रुपैयाँका दरले लिएको पाइएको छ । नेपाल फर्किएपछि पनि मेडिकल गर्दा उनीहरु पास भएका थिए। त्यसपछि उनीहरुले महाशाखामा उजुरी दिएका हुन्।

म्यानपावरले कतार प्रहरीमा डिमान्ड आएको छ, तलव मासिक ६ हजार रियाल, हुन्छ भन्दै ६ लाख रुपैयाँ लिएको उजुरीमा उल्लेख छ।म्यानपावर सञ्चालक फरार भएपछि विगत १२ वर्षदेखी उक्त कम्पनीमा काम गरिरहेकी काठमाडौंको तार्केश्वर नगरपालिका–२ की ३७ वर्षीया जोशी पक्राउ परेकी हुन्।

उनले आफ्नो नामको बैंक अफ काठमाडौंको खातामा पटक–पटक गरी ६ लाख रुपैयाँ जम्मा गर्न लगाएको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved