प्रधानमन्त्रीले भने, ‘सामाजिक सञ्जालमा झुण्डिने युवाको भविष्यप्रति चिन्ता लाग्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2019 | 10:44:35 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा झुण्डिरहने युवाको भविष्यप्रति आफू चिन्तित रहेको बताएका छन् । संविधान दिवसको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले फुर्सदिलो युवाले रचनात्मक सिर्जनाभन्दा बढी विना मुद्दाका विषयवस्तुमा सामाजिक सञ्जालमा परिणामहीन बहसमा समय बिताएको भन्दै चिन्ता व्यक्त गरे । 

नेपालमा ३४ वर्षभन्दा कम उमेर समूहको जनसंख्या ६५.५ प्रतिशत रहेको जानकारी गराउँदै उनले यो समूह रचनात्मक काममा लाग्नुपर्ने सुझाव दिए । 

‘मलाई चिन्ता फुर्सदिलो युवा पंक्तिको छ, जसको ऊर्जा रचनात्मक सिर्जनामा भन्दा बढी सामाजिक सञ्जालमा विना मुद्दाका विषयवस्तुमा हुने परिणामहीन बहसमा व्यतीत भइरहेको छ’ प्रधानमन्त्रीले भने,‘मलाई चिन्ता हुर्किएको पुस्ताको पनि छ, जो समाजसँग संस्कार र सकारात्मक अनुभव साटासाट गर्न चुकिरहेको छ । घृणा, द्वेष, अशिष्टता र परपीडनको भाषा बोल्न सिङ्गो समाजलाई प्रेरित गरिरहेको होकी जस्तो भान हुन्छ ।’ 

निकै भावुक जस्तै देखिएका ओलीले भने, ‘परिणामसँग साइनो नै नहुने प्रक्रियामा किन र कति अल्झिरहनु, विना–मुद्दाका विषयमा मूल मुद्दा जस्तो बहस र विवादको माहौल किन बनाउने ?’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved