माघ २३ को लगानी रणनीति: नेपाल बैंकको सेयर 'सस्तो' सुचिमा, घट्यो २ बाणिज्य बैंकको नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2019 | 11:41:11 AM मा प्रकाशित

laxmi  sunrise bank

बजार परिसूचक नेप्सेले मंगलबारको सेयर कारोबारमा झिनो अंकको बढोत्तरी पाएको लिएको छ। मंगलबारको कारोबारमा नेप्से २।८३ अंकले बढेर ११४७।१० को बिन्दुमा उक्लिएको छ। सूचक सामान्य अंकले बढेपनि कारोबार रकम भने घटेर २३ करोड १० लाखमा सिमित भएको छ। मंगलबारको कारोबारमा उत्पादन, वित्तीय संस्था बाहेक अन्य समुहगत उपसूचकहरु सकारात्मक रहे। 

मंगलबारको कारोबारमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था, बरुण हाइड्रोपावर कम्पनीको सेयर मुल्य आफ्नो समुहमा धेरैले घटे भने बुटवल पावर कम्पनी लिमिटेड, राधि हाइड्रोपावर, लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मुल्य आफ्नो समुहमा धेरैले बढ्यो।  त्यस्तै राधि हाइड्रो, बुटवल पावर र आन्खुखोला जलबिद्युत कम्पनीको सेयर मुल्यमा मंगलबारको कारोबार तिब्र उतारचढाब रह्यो। 

सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य १० प्रतिशतले बढेर सर्किट लाग्यो।  त्यस्तै आशा लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई निष्काशन गरेको ६ लाह ७४ हजार कित्ता आइपीओमा अत्यधिक आबेदन परेको छ। 



महत्त्वपूर्ण बजार समचार:

-सहारा विकास बैंकको ९ लाख ३ हजार ७२१.३० कित्ता हकप्रद सेयर सुचिकृत 

-नेपाल बंगलादेश बैंकको दोस्रो त्रैमासमा खुद मुनाफा ६९ प्रतिशतले घटेर ७९ करोड ३ लाखमा सिमित, इपिएस  १९ रुपैयाँ ६२ पैसा, 

 -नेपाल क्रेडिट एण्ड कमर्श बैंकको खुद मुनाफा ३९ प्रतिशतले घटेर ७४ करोड १२ लाखमा सिमित, इपिएस २१ रुपैयाँ १२ पैसा 

-नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको खुद मुनाफा १७ प्रतिशतले घटेर १ करोड ५९ लाखमा सिमित, इपिएस ५ रुपैयाँ ९९ पैसा 

-नागरिक लगानी कोषको खुद मुनाफा ४.५६ प्रतिशतले बढेर १९ करोड २ लाख, इपिएस ३५ रुपैयाँ 

-ग्रिन डेभलपमेन्ट बैंकको खुद मुनाफा ४९० प्रतिशतले बढेर ८६ लाख ८ हजार, इपिएस ३ रुपैयाँ ४४ पैसा 

-सामुदायि लघुवित वित्तीय संस्थाको खुद मुनाफा ८५ प्रतिशतले बढेर १ करोड, इपिएस २० रुपैयाँ ७ पैसा

-साना किसान विकास बैंकको दोस्रो त्रैमासको खुद मुनाफा ३९ प्रतिशतले बढेर २३ करोड ९१ लाख, इपिएस ६० रुपैयाँ ८४ पैसा 

-गुराँस लाइफ इन्स्योरेन्सको दोस्रो त्रैमासको खुद मुनाफा ७.१४ प्रतिशतले बढेर ४ करोड, इपिएस १३ रुपैयाँ ८० पैसा 

-कर्णाली डेभलपमेन्ट बैंकको दोस्रो त्रैमासको कमाई ४९ लाख, इपिएस १ रुपैयाँ ९६ पैसा 

आजका महत्त्वपूर्ण घटना 

-मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन 

-ग्रिन लाइफ हाइड्रोपावर लिमिटेडद्वारा आयोजना प्रभावित स्थानीय दोलखाबासीलाई १८ लाख कित्ता आइपीओ बिक्रि खुला  



उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्याटोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ।

आजको सेयरकारोबारमा एनसीसी सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने स्ट्याण्डर्ड चार्टड सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन।\



ट्रेडेड स्क्रिप्ट स्त्याट्स अन्तर्गत तपाइँहरुले सम्बन्धित दिनमा कुल कारोबार भएका कम्पनीहरु र तिनीहरुको सेयर मुल्यको बारे जानकारी लिन सक्नुहुन्छ।

यसमा देखाइएको रातो रंगले कारोबार आएका कुल कम्पनी मध्ये सेयर मुल्य घटेको देखाउछ भने निलो रगले कारोबारमा आएपनि सेयरमुल्यमा कुनै परिवर्तन नआएको जनाउँछ त्यस्तै हरियो रंगले सेयरमुल्य बढेको बुझाउँछ। त्यस्तै कालो रंगले सुचिकृत भएका तर कारोबारमा नआएका कम्पनी भन्ने बुझाउछ।




आउटलुकको अर्थ आज सेयर बजारको रुप कस्तो हुन्छ, बजार घट्छ वा बढ्छ भन्ने एउटा प्रक्षेपणको सूचक मात्र हो। यसमा देखाइएको रातो रंगले बजार आज घट्न सक्छ भन्ने बुझाउछ भने हरियोले बढ्न सक्छ भन्ने बुझाउँछ। आजको कारोबारमा नेप्से परिसूचक घट्ने प्रक्षेपण गरिएको छ।

नोट: बजार संक्षेप (मार्केट समरी) समयमै अपडेट भएका बजारका सूचकहरुलाई आधार मानेर तयार गरिएको हो। अघिल्लो दिनको कारोबारको आधारमा सम्बन्धित दिनको बजार संक्षेप तयार गरिएको हो। जानकारी र यसमा उल्लेख तथ्यांक सेयर लगानीकर्तालाई लगानीको निर्णय लिनलाई सहज होस भन्ने उदेश्यले मात्र प्रकाशन गरिएको हो तर यसमा उल्लेख सूचना जानकारी र सुझाबहरु नै सबैथोक होइनन। यस बजार संक्षेपमा उल्लेख सूचना र जानकारीको आधारमा गरिएका लगानीको निर्णय र त्यसको प्रभाबबारे केसीएल अस्टुट क्यापिटल र बिजपाटी डटकम उत्तरदायी हुने छैनन।

Source: KCL ASTUTE CAPITAL RESEARCH TEAM

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved