फागुन २२ को लगानी रणनीति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2019 | 01:12:51 PM मा प्रकाशित

laxmi  sunrise bank

केहि दिनको अन्तरालपछि बजार परिसूचक नेप्से २।०६ अंकले बढेर ११०२।६४ को बिन्दुमा उक्लिएको छ। त्यस्तै मंगलबारको कारोबारमा २२ करोड ५२ लाख रुपैयाको सेयर कारोबार भएको छ। व्यापार समुहबाहेकका सबै उपसूचकहरु बढेका छन। जसमा सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समुह २८.६१ अंकले बढेको छ।   

सिन्धु बिकास बैंक, महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य आफ्नो समुहमा सबै भन्दा धेरैले घटेको छ भने सुर्योदय लघुवित्त वित्तीय संस्था, सेन्ट्रल फाइनान्स र गुडविल फाइनान्सको सेयर मुल्य धेरैले बढेको छ।    त्यस्तै सिन्धु विकास बैंक, अरुण काबेली पावर लिमिटेड र सुर्योदय लघुवित्त वित्तीय संस्थाको सेयर मुल्यमा मंगलबारको सेयर कारोबारमा तिब्र उतारचढाब रह्यो।   


 महत्त्वपूर्ण बजार समाचार:

-प्रभु बैंकको ८ प्रतिशत बोनस पारित, संस्थापक सेयर स्वामित्व ६१.३१ प्रतिशतबाट ५५ प्रतिशतमा लैजाने प्रस्ताब पारित 

-लुम्बीनि विकास बैंकको अध्यक्षमा सुशील राज पराजुली नियुक्त 

-ओरियन्टल इन्स्योरेन्सको दोस्रो त्रैमासको कमाई १८२ प्रतिशतले बढेर ८ करोड ५० लाख, कम्पनीले आइपीओ जारि गर्न सक्ने 

-लाइफ इन्स्योरेन्स कर्प्रेशन नेपालको १२ प्रतिशत बोनस पश्चातको सेयर मुल्य समायोजन 

-मेगा बैकको १० लाख ३० हजार ९४८.७५ बोनस सेयर सुचिकृत 

-सनराइज बैंकको भिसा कार्डमा नगद फिर्ता योजना 

आजका महत्त्वपूर्ण घटना 

-एसियन लाइफ इन्स्योरेन्सको १ बराबर ०.६ प्रतिशत हकप्रदको लागि बुक क्लोज आज 








उत्कृष्ट ५ स्क्रिप्ट प्राइसिंग ले हिजोको कारोबारको आधारमा आज कुन कुन कम्पनीको सेयरमुल्य तुलानाताम्क रुपमा बढी मुल्यमा, कम मुल्यमा र फेयर मुल्यमा कारोबार भएको छ भन्ने बुझाउँछ।

यसबाट लगानीकर्ताले आफुसंग भएको कम्पनीको सेयर 'अन्डर प्राइस' क्याटोगोरीमा छ भने भोलि यसको मुल्य बढ्न सक्ने प्रक्षेपण गर्न सक्छन भने 'ओभर प्राइस' क्याटोगोरीमा भएका कम्पनीको सेयर मुल्य भोलिका दिन घट्न सक्छ आजै बेचेर प्रोफिट बुक गर्दा बढी फाइदा लिन सकिन्छ भन्ने बुझाउछ। आजको सेयरकारोबारमा नेपाल बैंक सहित ५ बैंकको सेयरमल्य अन्डरप्राइसको सुचिमा छन। भने नबिल सहित ५ बैंकको सेयर महँगो सुचिमामा छन।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved